Tuesday 24th March 2026

ओलीको दाबी : पार्टी फुटाउन खुमलटारमा २८० बैठक


प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा फुटाउन खुमलटारमा मात्रै २८० वटा बैठक बसेको दाबी गरेका छन्। नेकपा ओली समूहको अनेरास्ववियुको कार्यकर्ता भेलामा बोल्दै ओलीले गत वैशाख १३ गतेदेखि पुस ४ गतेसम्म प्रचण्ड निवासमा पार्टी फुटको तयारीका लागि २८० बैठक बसेको दावी गरे।

‘आज विहानमात्रै रेकर्ड पल्टाएर हेँरे। वैशाख १३ देखि पुस ४ गतेसम्म खुमलटारमा २८० वटा पार्टी फुटाउने तयारीका बैठक भएका रहेछन्’, ओलीले भने, ‘३५ वटा बैठक बाहिर बसेका रहेछन्। कहिले कोट्श्वर कहिले प्रेसिडेन्सियल कलेज कहिले अँगेनाको डिल अहिले अर्याल होटल कहिले कसको घर त कहिले कसको घर।’

पार्टी फुटाउनका लागि ३१५ बैठक भएको बताउँदै ओलीले साना बैठक त्यो भन्दा धेरै भएको बताए।

कुनै जमघट भेटे सहि गराउने र पछि केपी ओलीलाई निकाल्यौं भनेर प्रचण्ड-माधव समूहले माथी व्यहोरा थप्ने गरेको आरोप लगाए।

उनले आफुँ भ्रष्टाचार पनि नगर्ने र भ्रष्टाचार गर्न पनि नदिने बताए। कसले के खान्छ को कस्तो ठाउँमा बस्छ सबै थाहा भएको ओलीले बताए।

उनले चुनाव वैशाख १७ गते ररु वैशाख २७ गते नै हुने बताए। यस चुनावलाई कसैले टार्न अलमलाउन नसक्ने उनको भनाई छ। ‘मरेको संसद विउँताई पाउँ भनेर निवेदन परेका छन्’, उनले भने, ‘संविधानले, कानुनले संसद विउँताउन मिल्दैन। संसद विघटन भयो भयो नयाँ चुनाव हुन्छ हुन्छ देश अलमलमा बस्दैन।’पार्टीका केही नेता सरकारले गरेका राम्रा काम ढाकछोप गर्नमै व्यस्त रहेकोले वितेका तीन वर्षमा पार्टी गतिशिल हुन नसकेको बताए।

-नागरिक न्युजबाट


सम्बन्धित शीर्षकहरु

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

प्रतिकृयाहरू
...