Tuesday 25th August 2026

साउदी अरबले विदेशी उडानमाथि लगाइएको प्रतिबन्ध हटायो


तितोपाटी- साउदी अरबले डिसेम्बरमा लगाएको अस्थायी यात्रा प्रतिबन्ध हटाएको छ । यो प्रतिबन्ध कोभिड–१९ को नयाँ भेरियन्टको खतरालाई मध्यनजर गर्दै लगाइएको थियो ।

साउदी अरबको गृहमन्त्रालयले आइतबार बिहान यो जानकारी दिएको हो । यो यात्रा प्रतिबन्ध थुप्रै देशमाथि लगाइएको थियो ।

साउदी प्रेस एजेन्सीले गृहमन्त्रालयलाई उद्धृत गर्दै भनेको छ, ‘आइतबार बिहान ११ बजेदेखि साउदी अरबमा हावा, जमिन समुद्रको बाटो मार्फत् पुनः प्रवेश सुरु भएको छ ।’यद्यपि, केही प्रतिबन्ध अहिले पनि लागू छन् जस्तै बेलायत, दक्षिण अफ्रिका र अन्य देशबाट साउदी अरब प्रवेश गर्न चाहने नागरिकले देशमा प्रवेश हुनुभन्दा १४ दिन अघि यी देशबाहिर बस्नुपर्ने हुन्छ ।

यसै गरी साउदी नागरिक जसललाई मानवीय र आवश्यक मामिलाका लागि प्रवेश गर्न अनुमति छ, उनीहरुलाई कोभिड–१९ को नयाँ भेरियन्ट भएको देशबाट आएको खण्डमा १४ दिन आफ्नो घरमा नै निगरानीमा बस्नुपर्ने हुन्छ ।

बेलायतमा भेटिएको कोभिड–१९ को नयाँ भेरियन्टको मामिला अब थुप्रै युरोपेली देश जस्तै फ्रान्स, स्विडेन र स्पेनमा पनि भेटिइसकेका छन् । दक्षिण अफ्रिका, जोर्डन, क्यानडा र जापानमा पनि नयाँ भेरियन्ट पाइएको छ । साउदी अरबमा पनि कोरोनाको भ्याक्सिन दिन सुरु गरिइसकिएको छ । हाले साउदी अरबका युवराज मोहम्मद बिन सलमानले भ्याक्सिन लगाएको भिडियो सार्वजनिक भएको थियो ।

यहाँ कोभिड–१९ का संक्रमितको संख्या र यसबाट हुने मृत्युदरमा पनि कमी हुन सुरु भइसकेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार १०१ नयाँ संक्रमित फेला परेका छन् जुन पछिल्लो ९ महिनामा सबैभन्दा कम हो ।

साउदी अरबमा कोरोनाभाइरसका अहिलेसम्म ३,६२,४८८ संक्रमित फेला परिसकेका छन् । यीमध्ये २,७७२ सक्रिय संक्रमित छन् भने ४०१ जनाको स्थिती गम्भीर छ । जनवरी १ सम्म यहाँ ६,२३० जनाको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

भौगोलिक रूपमा विकट भए पनि डिजिटल पहुँचबाट टाढा नरहने उद्देश्यसहित धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा नेपाल टेलिकमको 4G टेलिफोन तथा…

अन्वेषणको इतिहासमा एउटा अचम्मलाग्दो तथ्य छ—नजिक हुनु भनेको सधैँ पहिले पत्ता लाग्नु होइन। पृथ्वीबाट अरबौँ किलोमिटर टाढा रहेको अरुण ग्रह…

वैज्ञानिकहरूले अहिलेसम्म पत्ता लगाएका सबैभन्दा शक्तिशाली cosmic rays मध्ये एक अमातेरासु (Amaterasu) नाम दिइएको कणले वैज्ञानिकहरूलाई चकित बनाएको छ। यसको…

प्रतिकृयाहरू
...