Sunday 24th May 2026

यमनमा मन्त्रिपरिषद् सदस्यहरूमाथि गरिएको आक्रमणमा २२ को मृत्यु


तितोपाटी- यमनको एडन सहरस्थित विमानस्थलमा भएको आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । ५० भन्दा बढी घाइते भएका छन् ।

हालै गठन भएको सरकारका सदस्यहरू सवार विमान छिमेकी साउदी अरेबियाबाट अवतरण गरेको केहीबेरमै दुईवटा विस्फोट गराइएको हो । विस्फोटपछि गोली समेत चलेको थियो । धावनमार्गमा मिसाइल आक्रमण गरिएसँगै विस्फोट भएको हो ।

अन्तर्राष्ट्रिय रेडक्रसले आफ्ना एकजना कर्मचारी मारिएको जनाएको छ र श्रम मन्त्रालयका उप सचिव मारिएका छन् । दुई जना उपमन्त्री घाइते भएका छन् । यमनका प्रधानमन्त्री मीन अब्दुल मलिक सइदले आफू र मन्त्रिपरिषद् सदस्यहरू सकुशल रहेको बताएका छन् ।

मृत्यु र घाइते हुनेमा सहायतामा जुटेका मानिसहरु रहेको बताइएको छ । यमनका सूचना मन्त्रीले हुथी विद्रोहीहरूले कायरतापूर्ण आतंकवादी कार्य गरेको आरोप लगाएका छन् ।

सन् २०१९ को अगस्टमा सैन्य परेडका बेला हुथि विद्रोहीहरूले गरेको आक्रमणमा ३६ जनाको मृत्यु भएको थियो । सन् २०१५ देखि यमन द्वन्द्वको चपेटामा परेको छ ।

साउदी अरेबियाले नेतृत्व गरेको अरब राष्ट्रहरूको समूहले हुथी विद्रोहीहरूलाई परास्त गर्न र राष्ट्रपति अब्दराबा मन्सुर हादीको शासन पुनः स्थापित गर्नका लागि सैन्य कारबाही सुरु गरेसँगै यमनमा समस्या देखा परेको हो । यमनमा द्वन्द्वका कारण १ लाख १० भन्दा बढीले ज्यान गुमाएका छन । लाखौँलाई भोकमरीको चपेटामा पारेको छ ।


सम्बन्धित शीर्षकहरु

आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले शीर्षस्थानमा रहेको अमेरिकाविरुद्ध शानदार जित दर्ता गरेको छ। कीर्तिपुरस्थित टियु मैदानमा सम्पन्न खेलमा नेपालले अमेरिकालाई…

लुलु हाइपरमार्केटले आफ्नो बहुप्रतिक्षित मौसमी प्रमोशन, Mango Mania 2026, अल-राई शाखामा आधिकारिक रूपमा सुरु गरेको छ, जसले कुवेतभरिका खरिदकर्ताहरूलाई संसारकै…

तितोपाटी- केन्द्रीय चलचित्र जाँच समितिको अङ्ग्रेजी नाम परिवर्तन भएको छ । यसअघि अंग्रेजीमा ‘सेन्ट्रल बोर्ड अफ फिल्म सेन्सर’ लेखिँदै आएकोमा…

प्रतिकृयाहरू
...