Saturday 10th October 2026

बेलायतमा कोरोनाविरुद्धको दोस्रो खोप दिने तयारी


तितोपाटी- अक्सफर्ड यूनिभर्सिटी र एस्ट्राजेनेकाले कोरोना भाइरसविरुद्ध बनाएको अर्को खोपले बेलायतमा प्रयोगका लागि अनुमति पाएको छ । उक्त खोपलाई धेरै कम तापक्रममा भण्डारण गर्नुपर्ने बाध्यता नभएकाले निकै उपयोगी हुने अपेक्षा गरिएको छ ।

बेलायत सरकारले यो खोपका १० करोड मात्रा झिकाइसकेको छ । बेलायतमा प्रयोगका लागि अनुमति पाउने यो दोस्रो खोप हो । यसअघि डिसेम्बरको सुरुतिर फाइजर-बायोएन्टेकले बनाएको खोप कोभिड-१९ विरुद्ध प्रयोग हुन थालेको थियो।

चीनमा पनि सिनोफार्मले बनाएको अर्को खोप तीन चरणको परीक्षणपछि ७९ प्रतिशत प्रभावकारी देखिएको बताइएको छ।

बायोएन्टेक र मोडेर्नाले बनाएका खोपहरू कोभिड-१९ विरुद्ध बढी प्रभावकारी देखिएका छन्। बेलायतका स्वास्थ्यमन्त्रीले ज्यानवरी ४ देखि यो खोप दिन थालिने बताएका छन्। उनकाअनुसार नयाँ वर्षका प्रारम्भिक साताहरूमा खोप अभियान तीव्र गतिमा अघि बढ्नेछ। बेलायतले एस्ट्राजेनेकाबाट मगाएको खोपको मात्रा पाँच करोड मानिसका लागि पर्याप्त छ।

औषधिहरूको नियामक निकायले अनुमति दिनुको अर्थ उक्त खोप सुरक्षित र प्रभावकारी छ भन्ने हो। अक्सफर्ड-एस्ट्राजेनेकाले विकसित गरेको यो खोप गत एप्रिल महिनामा एक स्वयंसेवकमा परीक्षण गरिएको थियो। त्यसपछि हजारौँ मानिस सहभागी हुनेगरी ठूलो स्तरमा क्लिनिकल परीक्षण गरिएको थियो।

 


सम्बन्धित शीर्षकहरु

अबुधाबी, अक्टोबर १०। संयुक्त अरब इमिरेट्सको सरकारी वकिल कार्यालयले दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाईदुबईको उडान एफजेड१०७३ मा भएको घटनाबारे…

रुसको प्रमुख प्रविधि कम्पनी यान्डेक्स (Yandex) ले युक्रेनी ड्रोन आक्रमणका कारण आफ्ना दुई डेटा सेन्टरमा क्षति पुगेपछि सेवा सञ्चालनमा समस्या…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएको सहमतिअनुसार रूसले विश्व बजारमा तत्काल डिजेल आपूर्ति गर्ने बताएका छन्। ट्रम्पका…

प्रतिकृयाहरू
...