Saturday 3rd October 2026

साउदीमा ११ वर्ष बन्धकमा रहेकी नेपाली महिला स्वदेश फिर्ता


तितोपाटी- रोजगारीका लागि साउदीको ताबुक पुगेकी झापाकी लीलामाया धिमाल (पासपोर्टमा अर्कै नामबाट साउदी पठाइएको ) ११ वर्षपछि उद्धार गरी स्वदेश पठाउन सफल भएको गैरआवासीय नेपाली संघ साउदीका प्रवक्ता बिष्णु न्यौपानेले जानकारी दिए ।

ताबुक शहरमा रहेको साउदी नागरिकको घरमा ११ बर्षसम्म  बिना तलब काम मात्र लगाउने र ती महिलालाई बन्धक बनाएको खबर पाउने बितिकै साउदीको जेद्धास्थित महावाणिज्य दूतावासको पहल र एनआरएनएको समन्वयमा उनको सकुशल उद्धार गरिएको थियो ।

पीडित महिलाको उद्धारका लागि महावाणिज्य दूतावासका श्रम सहचारी प्रेमप्रसाद उपाध्यायसहितको टोली सक्रिय भएको थियो ।

ती महिलालाई खाना र बस्नको ब्यबस्था मिलाउनुका साथै, हवाइ टिकटको लागि अंशिक रकम, पीसीआर परीक्षणका लागि रकम उपलब्ध गराएको प्रवक्ता न्यौपानेले बताए ।

दूतावासले सम्पूर्ण कानूनी प्रक्रिया अगाडि बढाएर पीडित महिलाको वर्षौं देखि नपाएको तलब क्षतिपूर्ति सहित उनको उद्धार गरि दूतावासकै सेल्टरमा केही दिन राखी गत १५ डिसेम्बरमा अलजजिरा एयरलाइन्सको उडान मार्फत स्वदेश  पठाइएको न्यौपानेले बताए ।

उनलाई झापाकै दलालले राम्रो कमाई हुने प्रलोभन देखाएर भारतको बाटो हुँदै साउदी पुर्‍याएको बताइएको छ ।

-साभार खबरहबबाट


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...