Saturday 20th September 2025

नेकपाको स्थायी समिति बैठक पुष ५ सम्मका लागि स्थगित, प्रम अध्यादेश फिर्ता लिन सहमत


तीतोपाटी – सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक चार दिनका लागि स्थगित गर्दै पुस ५ गते बस्ने भएको छ । बुधबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले सरकारले मंगलबार जारी गरेको संवैधानिक अध्योदश फिर्ता र संसद् अधिवेशन मागको निवदेन फिर्ता गर्ने निर्णय  गर्दै सम्पन्न भएको हो ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली संवैधानिक परिषदसम्बन्धी आध्यादेश फिर्ता लिन सहमत भए संगै नेकपा स्थयी कमिटि बैठक बालुवाटरमा सुरु भएको थियो ।

बैठकमा प्रधनमन्त्री ओली समेत सहभागी भएका थिए । स्थायी कमिटीको बैठक अघि नै बालुवाटारमाअध्यक्ष द्वय बिच छलफल भएको थियो । मंगलबार राष्ट्रपति विद्या देवी भण्डारीले संवैधानिक परिषद सम्बन्धि अध्यादेश जारी गरेकी थिइन् ।

उक्त अध्यादेश खारेज गर्नुपर्ने माग गर्दै आज सर्वोच्च अदालतमा रिट दायर भएको छ भने चाैतर्फी रूपमा प्रधानमन्त्री ओलोको चर्को विरोध भएको छ ।


सम्बन्धित शीर्षकहरु

जेन जेड आन्दोलन ले ४८ घण्टा भित्र सवै कुरा ढालि दियो तर रबि लामिछाने ढलेन । पूर्व सरकारमा सामेल दलका…

नेपालका जनरल जेड प्रदर्शनकारीहरूले ४८ घण्टाभन्दा कम समयमा सरकार ढाल्न सफल भए - तर यो विजयले ठूलो मूल्य चुकाउनु परेको…

गुलाम नवी मन्सुर/ कुवेत - नेपालको इतिहासमा भदाै २३ र २४ गतेलाई अब लामो समयसम्म स्मरण गरिनेछ। देशको विभिन्न भागमा…

प्रतिकृयाहरू
...