Tuesday 25th August 2026

एनआरएनए कुवेतद्वारा अलपत्र नेपालीको उद्धार


तितोपाटी- एनआरएनए कुवेतको आर्थिक सहयोगमा अलपत्र परेका दुई पुरुष र जेलमा रहेकी एक महिला गरी तिन जना नेपालीको उद्धार गरेको छ ।

रोजगारदाताले बेवास्ता गर्दा झण्डै ११ महिनादेखि तलब नपाएर बसेका काभ्रेका सुरेश लामा र दावा लामालाई गैरआवासीय नेपाली सङ्घ (एनआरएन) कुवेतको को सहयोगमा घर फर्किएका हुन् ।

कोरोनाको कारण देखाउदै कम्पनीले पारिश्रमिक नदिएपछि पीडित बनेका उनीहरुले ११ महीना सम्म बेतलवी रहेका थिए। त्यस्तै घरेलु कामदारको रूपमा कुवेत आएकी र घरमालिकद्वारा तोके बमोजिम तलव सुविधा नदिए पछि अवैधानिक रूपमा जेल परेकी मधु केसीलाई पनि मुद्दा छिनिफानो गरी सोही उडानमार्फत गत बिहिबार नै नेपाल सम्मको हवाइ टिकट र घर सम्मको सम्पूर्ण खर्च सहित आवश्यक प्रक्रिया पुरा गरी उद्धार गरेको (एनआरएनए) कुवेतका अध्यक्ष सुजन केसीले जानकारी दिएका छन।

(एनआरएनए) कुवेतले पिडित नेपालीको पीसीआर टेष्ट र हवाई टिकट, काठमाडौ देखि काभ्रेसम्म जानका लागी बस भाडा समेत उपलब्ध गराएको छ ।भने गत बिहिबार उनीहरु नेपाल फर्किसकेका छन् ।

विविध समस्याले अलपत्र परेका नेपालीहरुलाई शारीरिक तथा मानसिक समस्या उत्पन्न हुने भएकोले सके सम्म अलपत्र अवस्थामा रहेका नेपाली दाजुभाई तथा दिदी बहिनीहरुको हवाई टिकट लगायत सम्पूर्ण खर्च सहित यथाशीघ्र उद्धार गर्ने बताउदै कुवेतमा अलपत्र नेपालीहरुको उद्धारका लागी एनआरएनए कुवेतद्वारा अभियान निरन्तर जारी रहने अध्यक्ष- केसीले जानकारी दिएका छन।

गैरआवासीय नेपाली संघ केन्द्रले कोरोना भाइरसको संक्रमण पछि भएको विश्वव्यापी लकडाउन पछि कुवेत लगायत अन्य देशहरुबाट विविध कारणले अलपत्र परेका नेपालीहरुको निरन्तररूपमा उद्धार कार्य जारी राखेको छ ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं — जेम्स वेब स्पेस टेलिस्कोप (JWST) का नयाँ तथा थप सटीक अवलोकनहरूले ब्रह्माण्ड कति तीव्र गतिमा फैलिरहेको छ भन्ने…

कुवेतको फौजदारी अदालतले लागुऔषध कारोबार तथा प्रयोगसम्बन्धी विभिन्न मुद्दामा कडा सजाय सुनाएको छ। अदालतले एक बंगलादेशी नागरिकलाई लागुऔषध तथा मनोप्रभावी…

हाइटीमा ग्याङ हिंसा फेरि तीव्र बनेको छ। राजधानी पोर्ट–अ–प्रिन्सनजिकैको केन्स्कोफ क्षेत्रमा शक्तिशाली ग्याङ गठबन्धनले गरेको आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु…

प्रतिकृयाहरू
...