Saturday 3rd October 2026

नेपालमा पतिको दुर्घटनामा मृत्यु, साईप्रसमा पत्नीद्वारा आत्महत्या


तितोपाटी- साईप्रसको लार्नाका सहरमा २३ वर्षीया नेपाली युवतीले आइतबार राति अत्महत्या गरेकी छन् । दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका वडा नं. ८ खरे घर भइ हाल साईप्रसमा घरेलु कामदारको रुपमा कार्यरत शुक्री तामाङले आत्महत्या गरेको प्रहरीलाई उधृत गर्दै गैरआवासीय नेपाली संघ साईप्रसले जनाएको छ ।

मृतक तामाङ सन् २०१९ को अक्टोबर महिनामा नेपालको काठमाडौँ ईन्टरनेशनल मेनपावरबाट साईप्रसको लार्नाका सहरमा घरेलु कामदारको रुपमा काम गर्न आएकी होनरी कन्सुलेट साईप्रसका प्रमुख डा. रामजीवन पञ्जियरले जानकारी दिएका छन । मृतक तमाङको शव उनकै परिवारको सल्लाह अनुसार स्वदेश पठाउने डा. पन्जियरले बताए ।

मृतक तामाङ वैवाहिक सम्बन्धमा बाँधिएको एक वर्ष नपुग्दै साइईप्रसमा आएकी थिइन् । श्रीमान् सुबिन तामाङ नेपालमा ड्राइभरको पेशामा थिए । आइतबार दुर्घटनामा श्रीमान्को मृत्यु भएको खबर पाएपछि सोही रातमा आत्महत्या गरेको बताइएको छ ।

मृतक तामाङले टिकटकमा श्रीमान्को दुर्घटनाको भिडियो पोष्ट गर्दै आफ्ना आमा, बुबा, सासू र ससुरासँग माफी माग्दै आफू पनि आफ्नो ‘मुटु’ सँगै जान लागेको उल्लेख गरेकी थिइन् ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

सुडानको सेनाले उत्तर कोर्डोफान राज्यको अल–माजरुब क्षेत्र आफ्नो नियन्त्रणमा लिएको जनाएको छ। सेना र र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच भएको…

प्रतिकृयाहरू
...