Wednesday 31st December 2025

कविताः मित्रता – छन्द:स्रग्विणी -हरि शर्मा (गलकोटे कवि)


जीवनी बागमा काव्यको फूलमा
शीतको साथमा मित्रता रातमा
गायिका नायिका बागमै मस्त छ्न्
दु:खमा दुख्दछ्न् गीतमा नाच्दछ्न् ।१।🌷🙏🌺

जोसुकै बागमा आउने गर्दछ्न्
वागमै भुल्दछ्न् डुल्दछ्न् रम्दछन्
काव्यका फूलमा लट्ठ छ्न् माहुरी
फूलको माधुरी लुट्दछन् बेसरी ।२।🌷🙏🌺

स्वार्थको साथमा मित्रता गाँस्दछ्न्
स्वार्थका पारखी स्वार्थमा डुब्दछ्न्
नक्कली घारमा माहुरी छोप्दछ्न्
माधुरी मातको मूल्यमा बेच्दछन् ।३।🌷🙏🌺

स्वार्थको मित्रता फाइदा काइदा
काँकरी थाँकरी थाँकरी फाइदा
स्वार्थले मित्रता सुस्तरी झाँगियो
स्वार्थको आडमा बेसरी टाँसियो ।४।🌷🙏🌺

गिध्दको साथमा गिध्दकै मित्रता
कागको कोइली साथमा शत्रुता
जीवनी खेतमा शास्त्रको फूल त्यो
नीतिको ज्ञानको वासना फैलियो ।५।🌷🙏🌺

हरि शर्मा
मिशिगन,अमेरिका । 🌷🙏🌺


सम्बन्धित शीर्षकहरु

बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) प्रमुख बेगम खालिदा जियाको निधन भएको छ । आज बिहान ६ बजे ८०…

गुरुङ समुदायको नयाँ वर्षका रूपमा मनाइने तमु ल्होसार आज देशभर विविध कार्यक्रमसहित मनाइँदैछ । पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको…

परिवर्तित राजनीतिक परिस्थितिमा नयाँ वैकल्पिक शक्ति निर्माण गर्ने साझा लक्ष्यसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच सोमबार एकतासम्बन्धी…

प्रतिकृयाहरू
...