Wednesday 28th January 2026

पछिल्लो २४ घण्टामा थप १६६९ जनामा कोरोना संक्रमण, १६ को मृत्यु, ५६९९ जना कोरोनामुक्त


तीतोपाटी – नेपालमा कोभिड-१९ बाट पछिल्लो २४ घण्टामा १६६९ जना संक्रमित भइ १६ जनाको मृत्यु भएको छ भने ५६९९ ले कोरोनालाइ जितेर घर फर्केका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २० हजार ३०८ पुगेको छ भने कोरोनाको कारण ज्यान जानेको संख्या १३२१ पुगेको छ । त्यसै गरि अहिलेसम्म १ लाख ९९ हजार २४ जना कोरोनामुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १६ लाख ६० हजार ७५ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा ८ हजार ३२ पीसीआर परीक्षण भएका छन् । देशभरी सकृय संक्रमितको संख्या हालसम्म १९ हजार ९६३ छ भने हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ६८६ जना रहेका छन् ।


सम्बन्धित शीर्षकहरु

नेपाल र साउदी अरब सरकारबीच साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धनका लागि श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम…

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

प्रतिकृयाहरू
...