Wednesday 13th May 2026

पछिल्लो २४ घण्टामा १६७४ संक्रमित थपिए, ८९९काठमाडाैं उपत्यकाका मात्रै , २३२३ जना डिस्चार्ज भए


तीतोपाटी – नेपालमा कोभिड-१९ महामारीको कारण पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ७४ जना संक्रमित पुष्टि भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १८ हजार ६३९ संक्रमितको संख्या पुगेको छ ।

त्यसै गरि पछिल्लो २४ घण्टामा राजधानी उपत्यकामा ८९९ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ६८५, भक्तपुरमा ४९ र ललितपुरमा १६५ जना नयाँ संक्रमित थपिएका हुन्

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १६५२०४३ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा ८१४४ पीसीआर परीक्षण भएका छन् । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म २४००९ छ भने हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ७५७ जना रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा २३२३ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । नेपालमा योसँगै निको हुनेको संख्या १९३३२५ पुगेको छ ।

त्यसका साथै २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएसँगै हालसम्म मृत्युहुनेको संख्या १३०५ पुगेको छ ।


सम्बन्धित शीर्षकहरु

नेपाल पत्रकार महासंघ कुवेतले रक्तदान कार्यक्रम गरी १७औँ स्थापना दिवस मनाउने भएको छ । महासंघ वैदेशिक शाखा कुवेतले आफ्नो १७औँ…

कुवेतमा विगत एक दशकदेखि परोपकारी पत्रकारितासँगै स्वदेश तथा विदेशमा विभिन्न सामाजिक कार्य गर्दै आएको Nirem Group ले Metro Medical Group…

इजरायलको संसद (Knesset) ले सन् २०२३ अक्टोबर ७ मा भएको हमास नेतृत्वको आक्रमणमा संलग्न पक्राउ परेका व्यक्तिहरूलाई विशेष सैन्य अदालतमार्फत…

प्रतिकृयाहरू
...