Thursday 29th January 2026

पछिल्लो २४ घण्टामा १६७४ संक्रमित थपिए, ८९९काठमाडाैं उपत्यकाका मात्रै , २३२३ जना डिस्चार्ज भए


तीतोपाटी – नेपालमा कोभिड-१९ महामारीको कारण पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ७४ जना संक्रमित पुष्टि भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १८ हजार ६३९ संक्रमितको संख्या पुगेको छ ।

त्यसै गरि पछिल्लो २४ घण्टामा राजधानी उपत्यकामा ८९९ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ६८५, भक्तपुरमा ४९ र ललितपुरमा १६५ जना नयाँ संक्रमित थपिएका हुन्

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १६५२०४३ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा ८१४४ पीसीआर परीक्षण भएका छन् । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म २४००९ छ भने हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ७५७ जना रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा २३२३ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । नेपालमा योसँगै निको हुनेको संख्या १९३३२५ पुगेको छ ।

त्यसका साथै २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएसँगै हालसम्म मृत्युहुनेको संख्या १३०५ पुगेको छ ।


सम्बन्धित शीर्षकहरु

इरानको न्यायपालिका प्रमुखले आइतबार चेतावनी दिएका छन् कि हालै भएको सरकार विरोधी प्रदर्शनको लहरमा संलग्नहरूले "थोरै पनि उदारता बिना" सजायको…

नेपाल र साउदी अरब सरकारबीच साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धनका लागि श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम…

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

प्रतिकृयाहरू
...