Monday 19th January 2026

अध्यक्ष दाहाल र महासचिव पौडेल बीच भेटवार्ता


तितोपाटी- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव एवं अर्थमन्त्री विष्णु पौडेल बीच भेटवार्ता भएको छ । शुक्रबार दिउँसो पार्टी कार्यालय धुम्बाराहीमा शीर्ष दुई नेता बीच छलफल भएको हो ।

आजको भेटमा पार्टीभित्रको विकसित राजनीतिक घट्नाक्रमका बारेमा छलफल भएको जनाइएको छ ।
नेकपाको गत बुधबार बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष दाहाले एकलौटी रुपमा राजनीतिक प्रस्ताव पेश गरेका थिए । जसलाई दाहालले सचिवालयका बहुमत (पाँच जना) सदस्यको प्रस्ताव भन्दै आएका छन् भने ओली पक्षकाले प्रधानमन्त्री ओलीलाई निम्न स्तरको लान्छना लगाउने प्रस्ताव भन्दै आएका छन् ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...