Sunday 22nd March 2026

अनेसासले संसार भर मनायो लक्ष्मी जयन्ती


तीतोपाटी समाचारदाता – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले संसारभर साहित्यिक कार्यक्रमको आयोजना गरेर ११२औ लक्ष्मी जयन्ती मनाईको छ । केन्द्रीय कार्यसमिति र केही च्याप्टरहरूले शनिबार जुमप्रविधिका माध्यमले लक्ष्मी जयन्ती मनाए भने केहीले आइतबार मनाएका छन् ।

शनिवार अनेसास केन्द्रको आयोजनामा सम्पन्न कार्यक्रममा प्रा.डा. गोविन्दराज भट्टराई, प्रा.डा.पद्मप्रसाद देवकोटा, हारुहितो नोजु लगायतले महाकवि लक्ष्मीप्रसाद देवकोटाको व्यक्तित्व, कृतित्व र नेपाली साहित्यमा उनको योगदानको चर्चा गरेका छन् । कार्यक्रममा अनेसास बोर्डअफ ट्र्ष्टी सभापति गीता खत्रीले शुभकामना व्यक्र गरिन् भने दीप्सी भट्ट, दुर्गा रिजाल,दुर्गाप्रसाद पोखरेल, सुदीपभद्र खनाल,सविना रेग्मी लगायतले देवकोटाका सिर्जना वाचन गरे ।

समाजका अध्यक्ष प्रकाश पौडेल माइलाको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा सदस्यहरू तारा अधिकारी र दीप पाठक तथा महासचिव सर्वज्ञ वाग्ले लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा उपाध्यक्ष राजेन्द्र श्रेष्ठ तथा सदस्यहरू डा. रेणुका सोलु, निजानन्द मल्ललगायतले देउसी- भैली कार्यक्रमको संयोजन गरेका थिए । कार्यक्रम अनेसास अनलाइन संवादको २६ औ शृखलाका रूपमा प्रस्तुत गरिएको थियो ।

यसैगरि अनेसास पोर्चुगल च्याप्टर र नर्दन क्यालिफोर्निया च्याप्टरले पनि अनेसास बोर्डअफ ट्र्ष्टी सभापति गीता खत्रीको प्रमुख आतिथ्यमा शनिबार देवकोटा जयन्ती मनाएको छ । पोर्चुगलको कार्यक्रममा च्याप्टर अध्यक्ष स्पन्दन विनोदको सभापतित्वमा साहित्यकार दामोदर पुडासैनी किशोर, गंगा लिगल, गोवर्ध्दन पूजा, सुनिल संगम, बाई बी गुरुङ, मंजिला अनिल, अर्जुन घिमिरे, अर्जुनश्रीलगायतले सिर्जना वाचन गरेका छन् ।

नर्दन क्यालिफोर्निया च्याप्टरले अनेसास केन्द्रीय महासचिव सर्वज्ञ वाग्लेको सभापतित्वमा आयोजना गरेको कार्यक्रममा अनेसास बोर्डअफ ट्र्ष्टी सल्लाहकार डा. दुर्गा दाहाल,चूडामणि पाठक ,फणिन्द्र काफ्ले, सुदीपभद्र खनाल, अनेसासका केन्द्रीय कोषाध्यक्ष कष्णकुमार गिरी, गोवर्ध्दन पूजा,प्रकाश पाण्डे, नीता फोर्सन, बन्धु पखरेल, गीता बजगाईंलगायतले सिर्जना तथा मन्तव्य व्यक्त गरे ।
यसैगरि अनेसास बोस्टन च्याप्टरले पनि शनिबार नै देवकोटा जयन्ती मनाएको छ । अनेसास केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइलाको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा केन्द्रीय वरिष्ठ उपाध्यक्ष गोवर्ध्दन पूजा, साहित्यकार हरि काफ्ले, दीपा राई पुन, लालगोपाल सुवेदी, विजय शर्मा, सुशिल नेपाल, मनोहर धिताललगायतका बोस्टनका कविहरूले सिर्जना वाचन तथा मन्तव्य व्यक्त गरे । कार्यक्रममा डा, शिव गौतम, भारती गौतम, केन्द्रीय उपाध्यक्ष राजेन्द्र श्रेष्ठ,दुर्गा शाह बाबा, पद्मराज ढकाल, हनिफ मियालगायतले कविता वाचन गरेका थिए। कार्यक्रम च्याप्टरका अध्यक्ष यम पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो ।

यसैगरि अनेसास फ्लोरिडा च्याप्टरले पनि शनिबार नै कार्यक्रम गरेको छ । अनेसास बोर्डअफ ट्र्ष्टी सभापति गीता खत्रीको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा भारती गौतम, अनेसास केन्द्रीय उपाध्यक्ष राजेन्द्र, अनेसास केन्द्रीय कोषाध्यक्ष कृष्ण गिरी, सदस्य निजानन्द मल्ल, जानुका ढुंगेल, गोवर्ध्दन पूजालगायतले मन्तव्य तथा सिर्जना वाचन गरेका थिए । कार्यक्रम च्याप्टरका अध्यक्ष दीप कार्कीको सभापतित्वमा भएको थियो ।

यसैगरि अनेसास बेलायत च्याप्टरले पनि शनिबार लक्ष्मी जयन्ती मनाएको छ । बेलायतका लागि नेपाली राजदूत साहित्यकार दुवसु क्षेत्रीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा राज श्रेष्ठ, सन्तोष कार्की, विजय हितान, अमर, सेमन्त राई, प्रतिमा केसी, कुमार केसी, जीत बुढाथोकी, भरत लोहोरुङ, मञ्जु खरेल, माया गुरुङ, दुर्गाप्रसाद पोख्रेल, बिशन थापा, सचिन गुरुङ, गोबर्द्नन पूजा, नीता गुरुङ, गोकुल भण्डारी, रामहरी पौड्याल, लारा, सारा गुरुङ, सुमलकुमार गुरुङ, डा. रुपक श्रेष्ठले आ-आफ्नो रचना वाचन गरेका थिए । च्याप्टरकी अध्यक्ष लक्ष्मी राई (लारा) ले कार्यक्रमको सभापतित्व गरेकी थिइन् ।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...