Monday 23rd February 2026

ब्यङ्ग्य कविताः भ्यागुताकाे बिगबिगी – लोक छन्दः सवाई -हरि शर्मा (गलकोटे कवि)


विश्वभरी आज भोलि कोरोनाको सास्ती।
नेपालमा तिहारको रौनक छ अति।
कताबाट भ्यागुताको ह्वात्तै संख्या बढ्यो।
राजनीति समेटेर साहित्यमा चढ्यो ।१।🌷🙏🌺

कविहरु बेहाल छन् खुट्टा तानिएर।
अघि जान लाग्दाखेरि छिर्की हानिएर।
अघि जान्छु भनिकन यसो मुन्टो तान्छ्न्।
पत्तो नपाई खुट्टा तान्दा कान्ला मुनि जान्छन् ।२।🌷🙏🌺

नारी कवि अलि बढी तानिनेमा परे।
कोही कतै लजाउने डराउने गरे।
तर्साएर धम्काएर नारीलाई लुटे।
बाध्यताले नारी कवि त्यतैतिर जुटे ।३।🌷🙏🌺

खुट्टा तान्न पल्केका भ्यागुताका जाति।
कोही ठुला कोही साना रुप नानाभाँती ।
योग्यता र दक्षताको आधारमा जुटी।
जसो तसो गरिकन खुट्टा तान्छन् अति ।४।🌷🙏🌺

जन्मजात पाएको त्यो खुट्टा तान्ने सिप।
बेला बेला काम लाग्छ भन्दै डुल्छन खुब।
कुनै बेला भ्यागुताको खुबै राज थियो।
कताबाट कुन्नि कसले मुल थुनिदियो।५।🌷🙏🌺

आफ्नो कुवा सुख्खा भयो पानी बग्न छाड्यो।
त्यसो हुँदा भ्यागुताले डुल्दै हिड्नु पर्‍यो ।
कुवा हेर्ने पोथी चाहिँ फुल पार्न व्यस्त।
फुच्चा फुच्ची चेपा गाँडा डुल्छन यता उता।६।🌷🙏🌺

छिमेकिका कुवातिर डुल्दै हिँड्न लागे।
यस्तो देख्दा कोही कतै डराएर भागे ।
भ्यागुताको सामिप्यमा हिँड्दै थियो साने ।
सबैजना यसैले पो हो कि भन्ने ठानें ।७।🌷🙏🌺

जस्तो देख्यो तस्तै बोल्ने सानेको त्यो बानी ।
यो बानीले धेरैलाई पिर पर्न जाने ।
अगुल्टाले हिर्काएर चम्किएको साने।
उसैको नै भ्यागुताले धेरै खुट्टा ताने।८।🌷🙏🌺

हरि शर्मा
मिशिगन, अमेरिका । 🌷🙏🌺


सम्बन्धित शीर्षकहरु

काबुल/इस्लामाबाद — अफगानिस्तानमा सत्तारूढ तालिबान सरकारले पाकिस्तानले सीमा उल्लङ्घन गर्दै गरेको हवाई आक्रमणमा महिला र बालबालिका सहित दर्जनौं सर्वसाधारण मारिएको…

अदालतले ट्रम्पले प्रयोग गरेको आपतकालीन कानुन (IEEPA)अन्तर्गतको कर अवैध भन्यो, तर अन्य कानुन प्रयोग गरेर कर लगाउन सक्ने ढोका खुला…

रूस–युक्रेन युद्धको तेस्रो वर्ष नजिकिँदै गर्दा युद्धभूमिमा जति गोलाबारी छ, कूटनीतिक मोर्चामा त्यति नै शब्दहरूको टकराव देखिन्छ। यही सन्दर्भमा युक्रेनका…

प्रतिकृयाहरू
...