नेपालमा जन्मेँ हुर्केँ आधा जुनी बित्यो ।
कताबाट बिदेश पस्ने मौका पनि जुट्यो ।
नेपालमा सिकेँ सिप उतैतिर छुट्यो ।
छिमेकी साथ संबन्ध त्यो बिचमा नै टुट्यो ।१।🌷🙏🌺
विदेशमा पसेपछि शुन्यबाट शुरु ।
पुनर्जन्म लिनु पर्यो सिकेँ सिपहरू ।
पुरा गर्न बाँकी नै छन् कुरा धेरै अरू ।
साहित्यले मन चुँड्छ खै म कसो गरूँ ।२।🌷🙏🌺
नेपालमा अंग्रेजीको ठुलो मान थियो ।
आफ्नो इज्जत मान सम्मान हराएर गयो।
यता आएँ अलिक भिन्न वातावरण पाएँ ।
अन्त कतै बरालिएँ फरक बाटो लाएँ ।३।🌷🙏🌺
बल्ल तल्ल मौका मिल्यो शिक्षा आर्जन गर्न ।
पहिले शुरु गरेको म मेडिसिन पढ्न ।
पछि फेरि कम्प्युटर सिप सिक्न थालें ।
लागे पछि जसो तसो पुरा गरी हालेँ ।४।🌷🙏🌺
यस्तै यस्तै हुँदो रैछ दोसाँधमा बस्दा ।
कहिले यता कहिले उता त्यसैले बेपत्ता ।
नेपालमा भन्ने गर्छन् अमेरिकी परिस् ।
अमेरिका भन्ने गर्छ आफ्नो छाला हेरिस् ।५।🌷🙏🌺
स्वतन्त्रता समानता कानुनका कुरा ।
सबैकुरा व्यबहारमा हुँदै हुन्नन् पुरा ।
छुट्टै भाषा संस्कृतिमा रमाएका हामी ।
फरक बाटो हिँड्नुपर्दा दु:ख लाग्छ पनि ।६।🌷🙏🌺
दोसाँधमा गाडीएको एउटा कोशे ढुङ्गो ।
सँधियार साँध सार्छन छैन कुनै टुङ्गो ।
कहिले हावा दायाँ बग्छ कहिले बायाँतिर ।
कुन हावाले उडाउने हो लाग्न थाल्यो पिर ।७।🌷🙏🌺
हरि शर्मा(गलकोटे कवि)
मिशिगन, अमेरिका । 🌷🙏🌺