Sunday 22nd March 2026

कविताः कोजाग्रत पूर्णिमा – छन्दःझ्याउरे -हरि शर्मा (गलकोटे कवि)


धनकी देवी हे लक्ष्मी माता खै कता जानुभो ।
पत्तो नै छैन सुटुक्क फेरि कसैको हुनुभो ।
सरस्वती लक्ष्मी साथैमा राख्ने मनको चाहना ।
लक्ष्मीले झिक्न लागेको देख्छु अनेक बहाना ।१।🌷🌺🌼💐

उदेक लाग्दो धनकी देवी तर्केर भागेको ।
शारदा भक्त भएछ भन्दै उम्किन लागेको ।
हे लक्ष्मी माता सुनाएँ यता पुकार भक्तको ।
हजुर त त्यता बन्नु भा रैछ मूर्खको भक्त पो ।२।🌷🌺🌼💐

आरती गर्छु दिनहुँ मैले पर्दछु भरमा ।
हजुर त खालि रमेको देख्छु जालीको घरमा ।
आँटिलो ब्यक्ति रोजेर बस्ने कुरा म जान्दछु ।
दुष्टको मात्र अगाडि देख्दा अचम्म मान्दछु ।३।🌷🌺🌼💐

अनेक रुप धर्तिमा देख्छु लीला नै अपार ।
सज्जन पनि माग्दैछ भिक्षा गरेर पुकार ।
दु:खीको घर दु:खैको कुरा यसैको भजन
भण्डारभरि भरेको टम्म दुखको खजाना ।४।🌷🌺🌼💐

साधन मान्छु प्रयोग गर्छु विचार पुराई।
सुटुक्क आए राम्रो हो भन्छु साईत जुराई।
सम्मान गर्न जानेको मैले महत्व बुझेको।
त्यसैले लक्ष्मी सरस्वति पनि साथैमा पुजेको ।५।🌷🌺🌼💐

आजको रात लक्ष्मी ती माता सबैका घरमा।
डुलेर हिँड्ने को जागा भन्दै शहर गाउँमा।
जाग्राम बसी आरती गरे लक्ष्मी नाउँमा।
दौलत धन सुन र चाँदी मिल्दछ भागमा ।६।🌷🙏🌺

भनेको सुनेँ जाग्राम बस्छु दर्शन दिनुहोस्।
आएको बेला जागा नै हुन्छु हेरेर जानुहोस्।
बिराएँ भने नजानी कतै क्षमा म माग्दछु ।
फर्केर आए दु:खीको घर खुशीले राख्दछु।७।🌷🙏🌺

हरि शर्मा (सुवेदी)

मिशिगन अमेरिका।🌷🙏🌺


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...