Friday 2nd October 2026

नेपालमा पछिल्लो २४ घण्टामा १९५४ जना संक्रमित भइ २९८१ निको भए, थप ११ को मृत्यु


तीतोपाटी – नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २ हजार ९ सय ८१ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको १ लाख २१ हजार ८२४ संख्या पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा जम्मा ८ हजार २४८ पीसीआर परीक्षण भएका छन् भने हाल सम्म पीसीआर विधिबाट १४ लाख ९ हजार २९५ परीक्षणहरु गरिएका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडाैं उपत्यकामा ८४३ जना कोरोना संक्रमित थपिएका छन् भने संक्रमितहरू काठमाडौंका ६९६ जना, ललितपुरका ११८ जना र भक्तपुरका २९ जना रहेका छन् ।

त्यसै गरि पछिल्लो २४ घण्टामा थप ११ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै कोरोनाको कारण मृत्यु हुनेको जम्मा संख्या ८८७ पुगेको छ ।


सम्बन्धित शीर्षकहरु

अफगानिस्तानमा लामो समयदेखिको खडेरी र पानी अभावले जनजीवन संकटमा परेको छ। देशका आधाभन्दा बढी क्षेत्र प्रभावित भएका छन् भने १…

अमेरिकाको कर्नेल विश्वविद्यालयमा एक महिलामाथि भएको भनिएको सामूहिक बलात्कार घटनाको अनुसन्धानका लागि न्युयोर्क राज्यकी महान्यायाधिवक्ता लेटिशिया जेम्सलाई विशेष अभियोजक नियुक्त…

साउदी अरब नेतृत्वको गठबन्धनले यमनका हुथी विद्रोहीले मदिनाको एक विद्युत् केन्द्रमा ड्रोन आक्रमण गरेको आरोप लगाएको छ। साउदी अरब नेतृत्वको…

प्रतिकृयाहरू
...