Sunday 22nd March 2026

कोरोना महामारी शुरू भएपछि १ लाख २२ हजार बढि युवा विदेशबाट फर्किए


तीतोपाटी – कोरोना महामारीका बीचमा विदेशबाट हालसम्म १ लाख २२ हजार बढी नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को सोमबारसम्मको तथ्यांकअनुसार १ लाख २२ हजार ५६३ नेपाली हवाइ उडानमार्फत स्वदेश फर्किएका हुन् ।

स्वदेश फर्कनेहरू प्रदेश १ का १५८३२ जना, प्रदेश नं. २ १३५४५ जना, वागमती प्रदेशका का १८८६९ जना, गण्डकी प्रदेशका ९९२५ जना, लुम्बिनी प्रदेशका १२८५५ जना, कर्णाली प्रदेशका १६३५ जना, सुदुरपश्चिम प्रदेशका १८५६ र प्रदेशगत विवरण नखुलेका ४८०४६ जना रहेका छन् ।

सरकारले विदेशमा रोजगारी गुमाएका तथा नेपाल आउनै पर्नेहरुलाई नेपाल आउन दिने गरेको छ । कोरोनाका कारण सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गरेपछि सुरुमा समस्यामा परेका नेपालीलाई चार्डर उडानमार्फत स्वदेश ल्याएको थियो भने पछिल्लो समय नियमित उडान समेत स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन गर्न दिइएको छ ।

हालसम्म ३२ मुलुकबाट नेपाली फर्किएका छन् भने फर्किनेमध्ये धेरै खाडी मुलुक र मलेसियाबाट रहेका छन् ।

सिसीएमसीको तथ्यांक जस्ताको तस्तैः


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...