Sunday 22nd March 2026

कविताः दसै यस्तै छ बाबु -नारायण कोइराला


बाबु तिम्रो जहाज उढेन यसपाली
समयले तिमीलाई चापेको छ
तिम्रा आँखा भरी आँसु
नआए पनि मन भरी
बेदना लुकेको छ
जहाजका पाग्रा अनि
पखेटा कोरोना भन्ने
विमारीले रोकेको छ
तिम्रो हाँसो भित्र लुकेको पीडा देखि
मेरो छाती पोलेको छ
नौ महिना पेटमा तिमीलाई
पालेकी छु
तिमी जति हाँस्ने कोसिस गर
तर म तिम्रो गहिराइको बेदना सम्म पुगेकी छु।

भन्छ सानो नाति पनि
यसपाली खुत्रुके किन्दिन
दसैको खुसियालीमा कहीं पनि हिँड्दिन
गाँउ गाँउमा टिका लगाएर
खुद्रा पैसा पनि उठाउँदिन
बुहारीको मन पनि उदासी
बनेको छ
म सम्हाल्छु छोरा तिमी कति पनि न आत्तिय
जहाँ छौं तिमी खुसी रहनु
मेरो आशिर्बाद तिमीलाई
दुर्गा भवानिले रक्षा गरुन्
यही छ कामना सबैलाई ।

मनमा रोएर भए पनि
हाँस्नु परेको छ
तिमी बिनाको यो दशैं
न खुसी न रमाइलो छ
फेरि पनि रित अनि रीवजलाई
जोगाउनु पर्दो रहेछ
आँखाबाट ताप आँसु झरे पनि
मुसुक्क मुखमा मुस्कान ल्याउनु छ
सबैको अगाडि आमा छोरा
भिडियो कलमा आशिर्बाद हाँसेर साटासाट गर्नु छ
तिम्रो मुस्कान अनि अनुहार देखें पछि
हामी घरमा खुसी हुनेछौ
घरमा भएको महशुस गरी
टीकाको थाली उठाउने छौं।

तानसेन, पाल्पा
हालः यएई


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...