Monday 23rd March 2026

पछिल्लो २४ घण्टामा थप २२२५ जनामा कोरोना संक्रमण, २८४६ निको भए, १३ को मृत्यु


तीतोपाटी – नेपालमा पछिल्लो २४ घण्टामा शनिबार थप २ हजार २ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १ लाख ५५ हजार २ सय ३३ पुगेको छ । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ४६ हजार ५७ पुगेको छ ।

त्यस्तै २४ घण्टामा २ हजार ८४६ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् भने अहिलेसम्म निको हुनेको संख्या १ लाख ८ हजार ३३४ संख्या पुगेको छ । पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ भने अहिलेसम्म मर्नेको संख्या ८४२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा जम्मा १३८४६ पीसीआर परीक्षण गरिएको छ भने हालसम्म पीसीआर विधिबाट १३ लाख ८० हजार ८६२ नमुना परीक्षण गरिएका छन् ।हाल क्वारेन्टिनमा ३३२२ जना रहेका छन् ।

कोरोनाको इपिसेन्टरको रूपमा रहेको काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार १ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरू काठमाडौंका ८३२, भक्तपुरका १०२ र ललितपुरका १७६ जना रहेका छन् ।


सम्बन्धित शीर्षकहरु

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

प्रतिकृयाहरू
...