Sunday 22nd February 2026

पछिल्लो २४ घण्टामा थप ४४९९ जनामा कोरोना, १७ को मृत्यु, राजधानीमा मात्रै २७२० संक्रमित


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारिरहेको कोभिड-१९ संक्रमणबाट नेपालमा पछिल्लो २४ घन्टामा थप ४ हजार ४ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ भने देशभर सक्रिय संक्रमितको संख्या हालसम्म ४६ हजार ६९१ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर २ हजार ६ सय ६८ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ५ हजार ४ सय ८८ जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय २९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १३ लाख ६७ हजार १६ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा १६ हजार ८ सय ६३ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ३ हजार ५९० जना रहेका छन् ।

त्यसै गरि पछिल्ला दिनमा जस्तै अाज पनि काठमाडाैं उपत्यकामा नै धेरै संक्रमित फेला परेका छन् । उपत्यकामा पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय २० कोरोना संक्रमित थपिएका छन् । थपिने संक्रमितमा १ हजार ९२ महिला र १ हजार ६ सय २८ पुरुष छन् जस मध्ये काठमाडाैंमा २ हजार ३ सय ५७ जना, भक्तपुरमा १ सय २७ र ललितपुरमा २ सय २६ नयाँ संक्रमित थपिएका हुन् ।


सम्बन्धित शीर्षकहरु

अदालतले ट्रम्पले प्रयोग गरेको आपतकालीन कानुन (IEEPA)अन्तर्गतको कर अवैध भन्यो, तर अन्य कानुन प्रयोग गरेर कर लगाउन सक्ने ढोका खुला…

रूस–युक्रेन युद्धको तेस्रो वर्ष नजिकिँदै गर्दा युद्धभूमिमा जति गोलाबारी छ, कूटनीतिक मोर्चामा त्यति नै शब्दहरूको टकराव देखिन्छ। यही सन्दर्भमा युक्रेनका…

मध्यपूर्वको सुरक्षा संरचनामा पुनः एकपटक ठूलो भू–राजनीतिक भूकम्पको संकेत देखिन थालेको छ। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनकालमा सुरु भएको कडा…

प्रतिकृयाहरू
...