Sunday 22nd February 2026

नेपालमा कोरोनाबाट २४ घण्टामा २६ जनाको मृत्यु, मर्नेको संख्या ७९१ पुग्यो


तीतोपाटी – नेपालमा कोरोना संक्रमणबाट २४ घण्टामा थप २६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न जिल्लाका गरी थप २६ जनाको मृत्यु भएको बुधबार पुष्टि गरेको हो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७९१ पुगेको छ भने दैनिक मृत्यु हुनेमा यो संख्या अहिले सम्मकै उच्च संख्या हो । काठमाण्डाैं उपत्यकामा सर्वाधिक सङ्क्रमित भेटिने क्रम जारी छ। अहिले पुष्टि भएका सङ्क्रमितमध्ये ३,१०७ जना काठमाण्डाैं उपत्यकाका तीन जिल्लाका हुन्।

पछिल्लो २४ घण्टामा बुधबार थप ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १ लाख ४४ हजार नाघेको छ भने देशभरी सक्रिय संक्रमितको संख्या ४४ हजार ४७६ पुगेको छ । त्यसै गरि पछिल्लो २४ घण्टामा २ हजार ९ सय ९६ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् भने हालसम्म कोरोना मुक्त हुनेको संख्या ९९ हजार ६०५ जना पुगेको छ ।

२४ घण्टामा जम्मा २० हजार ११८ पीसीआर परीक्षण भएका छन् । हालसम्म पीसीआर विधिबाट १३ लाख ३४ हजार ८९७ परीक्षणहरु गरिएका छन् ।


सम्बन्धित शीर्षकहरु

अदालतले ट्रम्पले प्रयोग गरेको आपतकालीन कानुन (IEEPA)अन्तर्गतको कर अवैध भन्यो, तर अन्य कानुन प्रयोग गरेर कर लगाउन सक्ने ढोका खुला…

रूस–युक्रेन युद्धको तेस्रो वर्ष नजिकिँदै गर्दा युद्धभूमिमा जति गोलाबारी छ, कूटनीतिक मोर्चामा त्यति नै शब्दहरूको टकराव देखिन्छ। यही सन्दर्भमा युक्रेनका…

मध्यपूर्वको सुरक्षा संरचनामा पुनः एकपटक ठूलो भू–राजनीतिक भूकम्पको संकेत देखिन थालेको छ। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनकालमा सुरु भएको कडा…

प्रतिकृयाहरू
...