Thursday 29th October 2026

नेपाली जन- सम्पर्क समिती कुवेतको नवौं वार्षिकोत्सब तथा साधारणसभा सम्पन्न


तीतोपाटी – नेपाली जन-सम्पर्क समिती कुवेतको नवौं वार्षिकोत्सब तथा साधारण सभा सम्पन्न भएको छ । कुवेत स्थित फिन्तासको नेपाली भोजनालय हलमा गत शुक्रबारको दिन जन- सम्पर्क समिती कुवेतका सभापति राजेन्द्र बिरहीको सभापतित्वमा सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा zoom भर्चुअलको माध्यमबाट प्रमुख अतिथिमा नेपाली काङ्ग्रेसका सहमहामन्त्री प्रकाश चरण महत रहेका थिए । भने बिशेष अतिथिमा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङ, सुजता परियार सीता गुरुङ, गोबिन्द भट्टराई, प्रकाश रसाइली ‘स्नेही’ र नेपाल महिला संघको उपाध्यक्ष सरस्वती अर्याल ‘तिवारी’ रहेका थिए । साथै विश्वभरका नेपाली जन – सम्पर्क समितिका पदाधिकारीहरु पनि zoom भर्चुअलको माध्यमबाट जोडिएका थिए ।

कार्यक्रममा सभापति राजेन्द्र बिरही रहित पदाधिकारीले दिप प्रज्वलन गरि केक काटेर कार्यक्रमको समुदघाटन गरेका थिए भने कार्यक्रम महामन्त्री केशर तामाङ घलानले संचालन गरेका थिए । कार्यक्रममा zoom भर्चुअलको माध्यमबाट प्रमुख अतिथि लगायत विशेष अतिथिले शुभकामना मन्तव्य राखेका थिए ।

विश्वभरमा कोरोना भाइरसले आक्रान्त पारिरहेको कारणले गर्दा कार्यक्रम स्थलमै प्रमुख अतिथि, विशेष अतिथिलाई उपस्थित गराउन असमर्थ भएको साथै कुवेतमा कृयाशिल संघ सस्थाका प्रतिनिधिलाई समेत निमन्त्रणा नगरी जन- सम्पर्क समिती कुवेतको पदाधिकारी लगायत सदस्यहरू मात्र उपस्थित भई सामाजिक दुरि कायम राखी कार्यक्रम सम्पन्न भएको सभापति राजेन्द्र बिरहीले जानकारी दिएका छन ।

अन्त्यमा सभापति राजेन्द्र बिरहीले नवौं वार्षिकोत्सब भब्यताका साथ सम्पन्न गर्नको निम्ति zoom भर्चुअलको माध्यमबाट जोडिएका प्रमुख अतिथि र विशेष अतिथि लगायत कार्यसमितिका पदाधिकारी लाई हार्दिक धन्यवाद प्रकट गर्दै कार्यक्रमको समापन गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

पुर्वेली टाईगर फुटबल क्लब कुवेतद्वारा आयोजना हुन गइरहेको “प्रथम पुर्वेली टाईगर गोल्ड कप अन्तर-नेपाली फुटबल टुर्नामेन्ट-२०२६” पूर्व सूचना अनुसार आगामी…

भारतको पूर्वी तटीय राज्य आन्ध्र प्रदेशमा शक्तिशाली चक्रवात ‘अर्नब’ले व्यापक क्षति पुर्‍याएको छ भने यस चक्रवात ‘अर्नब’का कारण पाँचजनाको मृत्यु…

स्पेनको टोलेडो प्रान्तमा दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ६८ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन्।…

प्रतिकृयाहरू
...