Monday 24th August 2026

नेपाल संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद् सदस्यमा पुनः निर्वाचित


नेपाल संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद् (एचआरसी) सदस्यमा पुनः निर्वाचित भएको छ। राष्ट्रसंघ मुख्यालय न्यूयोर्कमा मंगलबार भएको निर्वाचनमा नेपाल एचआरसी सदस्यमा पुनः निर्वाचित भएको हो।संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी मिसनद्वारा जारी प्रेस विज्ञप्तिमा यसबारे जानकारी दिइएको हो।

नेपाल तिन वर्षे कार्यकाल (२०२१–२०२३) का लागि पुनः नियुक्त भएको विज्ञप्तिमा जनाइएको छ। नेपाल १५० भोट पाएर एचआरसी सदस्य अर्को तिन वर्षे कार्यकालका लागि पुनः निर्वाचित भएको हो। यसअघि सन् २०१८ बाट नेपाल यसको सदस्य रहँदै आएको छ। गोप्य मतदान मार्फत् एसिया पेसिफिक क्षेत्रबाट नेपालसहित अन्य तिन देश निर्वाचित भएका छन्। निर्वाचनबाट चीन, पाकिस्तान र उज्वेकिस्तान पनि सन् २०२३ सम्मका लागि एचआरसीको सदस्यमा निर्वाचित भएका हुन्। एचआरसीमा १५ सदस्य हुने व्यवस्था छ।


सम्बन्धित शीर्षकहरु

कुवेतमा दुई महिनादेखि बेपत्ता रहेकी फिलिपिनो घरेलु कामदार डाफ्नी नाकालाबानको शव रोजगारदाताको घरपछाडिको क्षेत्रमा फेला परेको छ। उनको शव कुहिएको…

मलेसियाले नेपाली श्रमिक पठाउन २५ वटा म्यानपावर कम्पनीलाई मात्र मान्यता दिएपछि विवाद उत्पन्न भएको छ। नेपाल सरकार र वैदेशिक रोजगार…

थाइल्याण्डको विद्रोह प्रभावित दक्षिणी क्षेत्रमा शनिबार राति आगजनी तथा बम हमलाका ५१ वटा घटना भएका छन्। आक्रमणमा स्थानीय सरकारी कार्यालय,…

प्रतिकृयाहरू
...