Friday 11th July 2025

नेपाल संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद् सदस्यमा पुनः निर्वाचित


नेपाल संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद् (एचआरसी) सदस्यमा पुनः निर्वाचित भएको छ। राष्ट्रसंघ मुख्यालय न्यूयोर्कमा मंगलबार भएको निर्वाचनमा नेपाल एचआरसी सदस्यमा पुनः निर्वाचित भएको हो।संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी मिसनद्वारा जारी प्रेस विज्ञप्तिमा यसबारे जानकारी दिइएको हो।

नेपाल तिन वर्षे कार्यकाल (२०२१–२०२३) का लागि पुनः नियुक्त भएको विज्ञप्तिमा जनाइएको छ। नेपाल १५० भोट पाएर एचआरसी सदस्य अर्को तिन वर्षे कार्यकालका लागि पुनः निर्वाचित भएको हो। यसअघि सन् २०१८ बाट नेपाल यसको सदस्य रहँदै आएको छ। गोप्य मतदान मार्फत् एसिया पेसिफिक क्षेत्रबाट नेपालसहित अन्य तिन देश निर्वाचित भएका छन्। निर्वाचनबाट चीन, पाकिस्तान र उज्वेकिस्तान पनि सन् २०२३ सम्मका लागि एचआरसीको सदस्यमा निर्वाचित भएका हुन्। एचआरसीमा १५ सदस्य हुने व्यवस्था छ।


सम्बन्धित शीर्षकहरु

बेरुत: लिटानी नदीको दक्षिणमा रहेको आइतत शहरका बासिन्दाहरूले बिहीबार UNIFIL सेनामाथि आक्रमण गरे। आक्रमणकारीहरूले लेबनानी सेनाको एकाइको साथ नदिई वादी…

तितोपाटी- रोल्पाको थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना कर्मचारी सम्पर्कमा आएका छन् । बिहीबार बिहान हराएका कर्मचारीहरु गुल्मी जिल्लाबाट…

अमेरिकाले इजरायलमा फराकिलो सैन्य निर्माण पहलको निरीक्षण गरिरहेको छ, जसको मूल्य १.५ अर्ब डलरभन्दा बढी छ र यो परियोजना पूर्ण…

प्रतिकृयाहरू
...