Wednesday 2nd July 2025

नेपाली राजदूतावास कोरियाले श्रमिकको लागि परामर्श अनलाइन कार्यक्रम सञ्चालन गर्ने


तितोपाटी- नेपाली राजदूतावास दक्षिण कोरियाले नेपाली श्रमिकको मानसिक तथा शारीरिक स्वास्थ्य सामाजिक तथा आर्थिक समस्या लाई सम्बोधन गर्ने उद्देश्यले नेपाल तथा विभिन्न ठाउँमा बसोबास गर्दै आउनुभएका विज्ञ द्वारा अभिमुखीकरण तथा मनोसामाजिक परामर्श अनलाइन कार्यक्रम सञ्चालन गर्न लागेको छ ।

एनआरएन कोरियाको व्यवस्थापन तथा नेपाल पत्रकार महासंघ दक्षिण कोरिया, नेपाली सम्पर्क समिति, आदिवासी जनजाति महासंघ दक्षिण कोरिया,महिलाको लागि महिला लगायत अन्य सामाजिक संस्थाको सहकार्यमा यो कक्षा सञ्चालन हुन लागेको हो।

साप्ताहिक रुपमा संचालन हुन लागेको कार्यक्रममा यही आउँदो आइतबार अक्टोबर ११ देखि सुरु हुनेछ । पहिलो हप्ता मानव जीवन योग र दैनिक प्रयोग विधि त्यस्तै दोस्रो हप्ता महामारी को बिगबिगी र यसबाट बच्ने उपाय पूर्वीय दर्शन आध्यात्मिक आचरण र सफलता मानसिक स्वास्थ्य सम्बन्धी चेतना त्यस्तै दोस्रो हप्ता तनाव व्यवस्थापन हासिखुसि जिउने कला तेस्रो हप्ता स्वास्थ्य र साधना चौथो हप्ता वित्तीय साक्षरता र यसको महत्व पाँचौं हप्ता वैदेशिक रोजगारीबाट फर्किएका को उद्यमशिलताका लागि सरकारी नीति छैठौं हप्ता वैदेशिक रोजगारीबाट फर्किएका उद्यमी बनेका सफलताका कथाहरु, सातौं हप्तामा हुन्डी र यसको नकारात्मक प्रभाव र अन्त्यमा घर फिर्ती तयारी गरी डिसेम्बरको २७ तारिक सम्म यो कक्षा सञ्चालन हुने जानकारी श्रम सहचारी रमा भट्टराईले जानकारी दिइन् ।

कार्यक्रम दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपाली माझ पुर्याउन नेपाली राजदूतावास दक्षिण कोरियाले सबैलाई सहभागीताकाे लागि अनुरोध गरेको छ


सम्बन्धित शीर्षकहरु

कमला देवकोटा, पाल्पा - ए गोफ्ले उठ् उठ् आज आसारपन्ध्रको दिन । फु्लबारीमा के के फुल मरेका छन् ? त्यो…

नेपाली राष्ट्रिय महिला फुटबल टिमकी ११ औं कप्तान सावित्रा भण्डारी "साम्बा" बनेकी छन् । एएफसी महिला एसियन कप छनोट अन्तर्गत…

पुर्वरास्ट्रपति बिद्या भण्डारी पुन नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किने भएपछि रास्ट्र प्रमुखको हैसियतले पाउने सेवा सुबिधा फिर्ता गर्ने हुनुभएको छ।…

प्रतिकृयाहरू
...