Thursday 20th August 2026

नेपाली राजदूतावास कोरियाले श्रमिकको लागि परामर्श अनलाइन कार्यक्रम सञ्चालन गर्ने


तितोपाटी- नेपाली राजदूतावास दक्षिण कोरियाले नेपाली श्रमिकको मानसिक तथा शारीरिक स्वास्थ्य सामाजिक तथा आर्थिक समस्या लाई सम्बोधन गर्ने उद्देश्यले नेपाल तथा विभिन्न ठाउँमा बसोबास गर्दै आउनुभएका विज्ञ द्वारा अभिमुखीकरण तथा मनोसामाजिक परामर्श अनलाइन कार्यक्रम सञ्चालन गर्न लागेको छ ।

एनआरएन कोरियाको व्यवस्थापन तथा नेपाल पत्रकार महासंघ दक्षिण कोरिया, नेपाली सम्पर्क समिति, आदिवासी जनजाति महासंघ दक्षिण कोरिया,महिलाको लागि महिला लगायत अन्य सामाजिक संस्थाको सहकार्यमा यो कक्षा सञ्चालन हुन लागेको हो।

साप्ताहिक रुपमा संचालन हुन लागेको कार्यक्रममा यही आउँदो आइतबार अक्टोबर ११ देखि सुरु हुनेछ । पहिलो हप्ता मानव जीवन योग र दैनिक प्रयोग विधि त्यस्तै दोस्रो हप्ता महामारी को बिगबिगी र यसबाट बच्ने उपाय पूर्वीय दर्शन आध्यात्मिक आचरण र सफलता मानसिक स्वास्थ्य सम्बन्धी चेतना त्यस्तै दोस्रो हप्ता तनाव व्यवस्थापन हासिखुसि जिउने कला तेस्रो हप्ता स्वास्थ्य र साधना चौथो हप्ता वित्तीय साक्षरता र यसको महत्व पाँचौं हप्ता वैदेशिक रोजगारीबाट फर्किएका को उद्यमशिलताका लागि सरकारी नीति छैठौं हप्ता वैदेशिक रोजगारीबाट फर्किएका उद्यमी बनेका सफलताका कथाहरु, सातौं हप्तामा हुन्डी र यसको नकारात्मक प्रभाव र अन्त्यमा घर फिर्ती तयारी गरी डिसेम्बरको २७ तारिक सम्म यो कक्षा सञ्चालन हुने जानकारी श्रम सहचारी रमा भट्टराईले जानकारी दिइन् ।

कार्यक्रम दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपाली माझ पुर्याउन नेपाली राजदूतावास दक्षिण कोरियाले सबैलाई सहभागीताकाे लागि अनुरोध गरेको छ


सम्बन्धित शीर्षकहरु

चीनमा निर्मित COMAC C919 यात्रुवाहक विमानले पहिलो पटक नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान पूरा गरेको छ। अगस्ट १२, २०२६ मा Air…

संयुक्त अरब इमिरेट्स (यूएई) र इरानबीच नयाँ विवाद उत्पन्न भएपछि मध्यपूर्वमा तनाव थप बढेको छ। बुधबार बिहान, अगस्ट १९, इरानी…

कुवेतको गृह मन्त्रालयअन्तर्गत लागूऔषध नियन्त्रणसम्बन्धी महानिर्देशनालयले देशभर सञ्चालन गरेको विशेष सुरक्षा तथा निगरानी अभियानका क्रममा विभिन्न राष्ट्रियताका २२ जना संदिग्धलाई…

प्रतिकृयाहरू
...