Wednesday 24th April 2024

यात्रा- काठमाडौं देखि यूएई सम्मको


तितोपाटी- नारायण कोइराला, युएई – हातमा हरियो पासपोर्ट,एउटा सुड्केस अनि अर्को सानोझोला बोकेर रुमबाट निस्कियो।साथी र म।युएईको भिसा नेपाल सरकारको श्रम गरिएको कागज अनि हवाइजहाजको टिकट पनि।

सुटकेस गुडाउँदै हामी एयरपोर्टको गेटमा पुगियो।पहिलो पटक एरपोर्ट पुगेका हामी अलिकति डर, शंका अनि हल्का नर्भस पनि थियौं। गेटमा पुगे पछी पुलिस दाइले सबै कागजपत्र हेरी हामीलाई भित्र जान इशारा गर्नु भयो।
पहिलोपटक हामी हाम्रो देशको एकमात्र एयरपोर्ट भित्र प्रवेश गरेक़ा थियौ। चेक जाँच गरिसके पछि हामी बोर्डिङ पास लिएर,सबै संग हवाइजहाजमा उड्नलाई प्रतीक्षा गर्ने कोठामा बसि गफ गर्दै थियौं।हामी पहेंलो पल्ट एयरपोर्टमा आउन पाउँदा सारै खुसी पनि थियौँ। हामी आउँदा एयरपोर्ट त्यती राम्रो थिएन। साथीले चिया पिउन मन गरेँ पछि हामी चिया पिउन दुइकप चिया मगायौ।चिया पिएर म विसको नोट दिए,सायद त्यतिबेला नर्मल बजारमा चियाको मूल्य कपको पाँच थियो होला। अझै दस दिनु भने पछि अच्चम लाग्यो। पहिलोपल्ट एयरपोर्टमा आएको हुँदा बहस गर्न तिर लॉगिन। रु. दस निकालेर दिए।
अब हामी हवाइजहाजमा जानें ,तयारीमा थियौ हामी नेपालीको बानी लाईनमा आउँनु भन्दा पनी तछाड मछाड गर्ने बानी। हामी नयाँ मान्छे अन्तिममा परीयो।
बोर्डिङ पासको आधा टुक्रो दिएर ,धन्यबाद भन्दै जहाज तिर जाने इशारा गरे । हामी जहाज भित्र जान तयार भयौ।
हेर !हेर!कति ठूलो जहाज मेरो साथी अलि जोडले बोल्यो , सबैले हामीतिर हेरिरहे। हामी उभिएको लाइन सगै जहाजको ढोका नीर पुगेको थियो।
हामीलाई नमस्कार! भन्दै भित्र जान भनियो। सुडकेस त लगेजमा गएको थियो।सानो झोलालाई एक जना दिदीले माथि राखदिनु भयो।हामी दुवै जना एक अर्कालाई हेर्दै थियौँ।
हामीहरूलाई रमाइलो लागि रहेको थियो। सबै जना सिटमा बस्दै थिए चिटिक्क परेका जहाजका एयरहोस्टेजहरु सबैलाई मिलाउँदै थिए। हामी दुवैजना जहाजभित्रको दृश्य हेर्दै थियौँ। सबै पुगेर होला ।जहाजको ढोका बन्द भयो। अगाडि उभिएर एकजना दिदीले केही भन्दै हुनुहुँथ्यो।हामी साथीहरूले ध्यानपूर्वक सुनीहेका थियौ।
यो सुरक्षा कसरी गर्ने भन्ने विषयमा रहेछ।उहाँले सबै कुरा भन्नुभयो। हामी सिटबेल्ट बाँधेर बस्यौँ। हाम्रो यात्रा अब सुरु हुँदै थियो। जहाज बिस्तारै गुड्दै थियो।केही छिन गुडेपछि टक्क अडियो। सबैलाई जहाज उड्न लागेको जानकारी गराइयो।जहाजका कर्मचारी पनि आफ्नो ठाउँमा बसी सक्नु भएको थियो।पाइलट जहाज उडाउन तम तयार।
जमीनमा जहाज बेसरी दौडियो। केही छिनमै एक झड्का दिदै आकाशतिर ,आकासियो हामी पशुपतिनाथ सम्झँदै आकसियौ।
बल्ल गन्तव्यको यात्रा सुरु भयाे। आकाशतिर पुगेसी यस्तो खासै गाह्रो भयको अनुभव केही भएन।झ्यालबाट बादल रुई बिछाय जस्तो देखिएको थियो।
हामीलाई ऐरफोन दिइयो , पहिलोपल्ट जहाजमा यात्रा गरेको कसरी कता लगाउने थाहाँ नी थिएन ।सगै बसेको साथीलाई सोधे ? ए हजुर पहिलोपल्ट हो भन्दै लगाई दिए। महिले धन्यबाद भने अनि साथीलाई नी लगाइदिए।
सबैजना आफ्नो धुनमा थिए ।दुई तिरबाट पानी दिदै आएका थिए।हामी पैसा दिनुपर्ने होकी भनी समायका थिएनौ।लिनुहोस यो हजुरहरुको टिकटमा जो समाबेस छ भने पछि हामी लियौं।यात्रा त गजबको हुँदो रहेछ भन्दै थियो साथी पनि।
केही समय वित्यो ।बीयर जुस लिएर हामी तिर आउँदै थिए। मत जुस पिउँछु भने साथी सग , ऊ भने जहाजमा बीयर पिएको मज्जा लिन चाहन्थ्यो।ल ल हुन्छ ,भने म पनि।उसले बीयर तान्यो, म जुस।साथमा हामीलाई एक प्याक खाना पनि दिइयो।हामी जानी, नजानी अरूको सिको गर्दै सबै कुरा बुझ्ने कोशिस गरेका छौं।
हाम्रो यात्रा जारी थियो।मेरो साथी बीयर पिएकोले ट्वाइलेट जान हतार थियो।पहेंलो पल्ट जहाजमा बस्दा के थाहा जहाजमा कता छ टावेइ लेट भन्ने कुरा।लाज मानी , मानी सोधे महिले।
ऊ ढोकाको छेउमा गएर उभियो।हुन पनि के गर्नु पहिल पल्टको अनुभब थियो।नजिकै बस्नु भएकी एयरहोस्टेज़ दिदीले सबै बताउनु भयाे।उहाँहरुको नम्र भाषा देखि म अचम्म मान्दै थिए ,कति मिठो बोली भनी।
ऊ मसँग आए पछि सबै कुरा मलाई पनि सिकायो।हामी फिलिम हेर्नमा बेस्थ थियाैं।जाडोको महिना भयकोले म चिसो महसुस गर्दै थिए ।नजिको साथीले ऐरहोस्टेज़ दिदि सग सल मागिदिनु भयो।जहाजभित्र यस्तो सबै सुविधा होला भन्ने म सोच्यको थिएन।
अब भनी सबै सुती रहेका थिए । म पनि यसो निदाउन कोसिस गरे।
आँखा यसो लाग्दै थिए ।जहाजमा कम्पन आय जस्तो भयो। सबैलाई बेल्ट बाँध्न भनियो।मेरो शरीर जिरिग भयो ।आकाश माथि यसरी जहाज हल्लिँदा।
हाम्रो यात्रा जारी थियो ।जहाजको झ्यालबाट अलि अलि बत्तीहरु देखिन थालेका थिए।हामी गन्तबेको नजिक आएका रहेछौ।
जहाजका एयरहोस्टेज ले हामीलाई पुनः बेल्टबाधन भनु भयो।हामी त्यसै गरियो। हेर्दा हेर्दै हवाइजहज युएईको दुबई एयरपोर्टमा ल्याण्ड भयो। हामीलाई एक्छिन सान्त बस्न भनियो ।हामी सीटमा बसि रहेका थियौँ। बिस्तारै मानिसहरू अगाडि बढ्दै गए । हामीपनि पछि पछि गयौं। ऐरहोस्टेज दिदीहरूले हामीलाई बिदाइ गर्नु भयो ।हामी नी हात हल्लाउँदै उहाँहरूबाट बिदा भयौ।

हामी युएईको दुबई विमानस्थलमा उत्रियो।काठमाडौं देखि दुबई सम्मको हाम्रो नियात्रा यसरी सकियाे।

नारायण कोइराला
हाल- यूएई


सम्बन्धित शीर्षकहरु

इलाम क्षेत्र नम्बर- २ मा वैशाख १५ मा हुने उपनिर्वाचनका लागि प्रचार प्रसारको आज अन्तिम दिन रहेको छ । आज…

कतारका अमिर शेख तमिम विन हमाद अल थानी स्वदेश फर्किएका छन् । दुई दिने राजकीय भ्रमणका लागि हिजो दिउँसो काठमाडौं…

गर्मी मौसममा मानिसहरु राहत पाउन विभिन्न प्रकारका तरल पदार्थको सेवन गर्छन् । यसै सन्दर्भमा आज हामी तपाईलाई ५ प्रकारका जुसको…

प्रतिकृयाहरू
...