Monday 23rd March 2026

नेपाल-इजरायलबीच श्रम सम्झौता


सातै प्रदेशमा कृषि प्रविधि भित्र्याउन ‘एग्रिकल्चर सेन्टर अफ एक्सलेन्स’ स्थापना गर्ने समझदारी पत्रमा हस्ताक्षर

नेपाल र इजरायलबीच श्रम सम्झौतार सातै प्रशेदमा इजरायली कृषि प्रविधि भित्र्याउन ‘एग्रिकल्चर सेन्टर अफ एक्सलेन्स’ स्थापना गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ। इजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्य र इजरायली परराष्ट्र मन्त्री एच.इ. गाभी अस्केनाजीले हस्ताक्षर बुधवार गरे।

समझदारी पत्रमा हस्ताक्षर भएसँगै नेपालमा कृषि पूर्वाधारले निरन्तरता पाउने विश्वास गरिएको छ।  त्यस्तै इजरायली विशिष्ठ श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगार सम्बन्धी सम्झौता पत्रमा समेत हस्ताक्षर भएको छ। सो सम्झौताले इजरायली श्रम बजार नेपालीका लागि खुला भएको छ। यसले केयरगिभर। कृषि, होटेल÷रेस्टुरेन्ट, निर्माणलगायतका क्षेत्रमा नेपाली कामदारलाई रोजगारीको अवसर प्रदान गर्नेछ।

यदपि प्रत्येक क्षेत्रका लागि इम्प्लीमेन्टेसन प्रोटोकलमा हस्ताक्षर गरेपछि मात्रै श्रमिक भर्नाको प्रक्रिया सुरु हुनेछ। सो प्रोटोकलमा हस्ताक्षर पश्चात केही महिनामै पहिलो चरणमा पाँच सय नेपाली इजरायल जान पाउने छन्।

हस्ताक्षरअघि राजदूत शाक्य र इजरायली परराष्ट्र मन्त्री अस्केनाभीबीच दुइृ देशका आपसी सहकार्यका विभिन्न सम्भावित क्षेत्रका बारेमा चर्चा भएको थियो। भेटका क्रममा अस्केनाभीले कोरोना महामारीपछि छिट्टै नेपालका प्रधानमनत्री तथा परराष्ट्रमन्त्रीको इजरायल भ्रमण हुने विश्वास व्यक्त गरे। नेपालको सौन्दर्यले  चर्चा गर्दै त्यसले नेपाल जान प्ररित गर्ने गरेको अस्केनाभीले बताए। राजदूूत शाक्यले नेपाल इजरायलबीच उच्च स्तरीय भ्रमण तथा सिँधा हवाइ उडानको आवश्यकता औल्याइन्।

-नागरिकन्युजबाट

सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...