Thursday 28th March 2024

नार्कोटिक्स कन्ट्रोल ब्युरोको इन्ट्रीले बलिउडमा ल्याएको हलचल


यो साता बलिउड फिल्म इन्डस्ट्रीमा आबद्ध धेरै कलाकारले राम्रोसँग सास लिन पाएनन् । नार्कोटिक्स कन्ट्रोल ब्युरो (एसिबी)ले कुन वेला छापा मार्ने वा अनुसन्धानका लागि अदालत लैजाने हो भन्ने डरमै बलिउडकर्मीको समय बित्यो ।बलिउड र ड्रक्स कनेक्सनमा आफू पनि फस्ने हो कि भन्ने भय कलाकारमा देखिएको भारतका विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । एनसिबीको अनुसन्धान पूरा नहुँदासम्म बलिउडकर्मीले राहतको सास लिन नपाउने ती सञ्चारमाध्यमको दाबी छ । नायक सुशान्तसिंह राजपुतको आत्महत्यासँगै एनसिबीले घटनासँग जोडिएका सबै पक्षसँग अनुसन्धान जारी राखेको हो ।

सुशान्तले प्रतिबन्धित लागुऔषध (ड्रग्स) सेवन गर्ने गरेको उनकी प्रेमिका रिया चक्रवर्तीले प्रहरी र एनसिबी समक्ष बयान दिएकी थिइन् । यसले सुशान्तको मृत्यु झनै रहस्यमयी बनाएको छ । रियाको भनाइ र एनसिबीको अनुसन्धानले पुनः एकपटक बलिउड र ड्रक्स कनेक्सनबीच बहस चर्किएको छ । बलिउडमा कैयौँ नायक वा नायिक विभिन्न रूपमा लागुऔषध सेवन गरिरहेको रिपोर्टहरू अहिले भारतीय सञ्चारमाध्यममा प्रमुख समाचार बनिरहेका छन् । उनीहरूले लुकिछिपी अर्पाटमेन्ट, कटेज, पार्टी वा डिस्कोमा ड्रग्स सेवन गर्ने गरेको आरोपहरू लारिरहेका छन् । हुन त यसअघि पनि बलिउडका नायक वा नायिकाले ड्रग्स लिने गरेको घटना नआएका होइनन् ।

सन् २०१९ मा निर्माता करण जोहरले दिएको एक पार्टीमा यस्तै भएको थियो । अहिले एनसिबीले यसको अनुसन्धान गरिरहेको छ । प्रहरी, सिबिआई वा एनसिबी पनि यस विषयमा जानकार नभएको होइन । तर, उनीहरूले ठोस प्रमाण अहिलेसम्म भेट्टाएका छैनन् । यसको फाइदा बलिउडकर्मीले वर्षौंदेखि उठाइरहेका छन् । बलिउड मात्र होइन टेलिभिजनको सानो पर्दाका नायक वा नायिक पनि वर्षांैदेखि जोडिँदै आएका छन् ।

ड्रग्स सेवनकै कारण बलिउडमा स्थापित नायक वा नायिक विस्थापित भएका घटना पनि छन् । बलिउड र ड्रग्सबीचको सम्बन्ध धेरै पुरानो हो भन्ने विभिन्न घटनाले दर्शाउँछ । हालै मात्र नायिका जया साहले आफूले मात्र नभएर बलिउडका अन्य चार नायकले पनि ड्रग्स लिने गरेको खुलासा गरेकी छिन् । उनले नायकहरूको नाम भने लिएकी छैनन् । घुमारो रूपमा हाल बलिउडमा नाम चलेका चारजना नायकले ड्रग्स लिँदै आइरहेको जयाले बताएकी छिन् । बलिउडको ‘ए’ वर्गको फिल्ममा काम गरेकी जयाले एनसिबीसमक्ष ड्रग्स लिएको स्वीकार गरेकी हुन् । उनको यस भनाइबाट के प्रस्ट छ, भने बलिउडमा ड्रग्सको ठूलै ¥याकेट सक्रिय छ ।

चारजना नायक मसँगै ड्रग्स लिन्छन् : जया
जयाका अनुसार बलिउडमा म्यानेजमेन्ट कम्पनी (क्वान) नामको संस्था छ । यस कम्पनीमा दीपिका नै म्यानेजरको हैसियतमा काम गर्छिन् । गोप्य रूपमा क्वानले बलिउडमा ड्रग्स व्यापार गर्ने जयाको भनाइ छ । अहिले एनसिबीले क्वानलाई शंकाको घेरामा मात्र लिएको छ । तर, सिबिआई र एनसिबी ड्रग्ससँग जोडिएको हरेक पक्ष केलाएर अगाडि बढिरहेको छ ।
एनसिबीले रिया चक्रवर्ती र जयाको बयानपछि नै फरक किसिमले अनुसन्धान गरेको छ । एनसिबी यो मौका खेर फाल्न चाहँदैन । बलिउडको ड्रग्स कनेक्सनबारे सबैलाई जानकारी दिने एनसिबीको लक्ष्य हो । एनसिबीले लामो समयदेखि आफ्नो लिस्टमा रहेका बलिउडकर्मीलाई अनुसन्धानमा डाक्यो । यसक्रममा दीपिका पादुकोंण, साराअलि खान तथा श्रद्धा कपुरले बयान दिइसकेका छन् । गत साता यी नायिकासँग एनसिबीले घन्टौँ बयान लियो । यद्यपि एनसिबीले नायिकाले लागुऔषध सेवन गरेको प्रमाण भने निकाल्न सकेको छैन ।
भारतीय एजेन्सीहरूका अनुसार दीपिका, श्रद्धा तथा साराअलि एनसिबीसमक्ष निकै चलाखीपूर्ण रूपमा प्रस्तुत भएका छन् । पहिलो चरणमा उनीहरूले एनसिबीबाट उन्मुक्ति पाएका छन् । एनसिबीको नजर हरसमय रहनेछ । एनसिबीले अनुसन्धानका लागि भनी सबैका मोबाइल जफत गरेको छ । ती मोबाइलकै आधारमा एनसिबीले थप २० चर्चित बलिउडकर्मीसँग ड्रग्ससम्बन्धी अनुसन्धान अगाडि बढाएको छ ।

बलिउड ड्रग्स नेक्सस पर्दाफास गर्न दिल्ली र मुम्बईका एनसिबीको एक टोलीले काम अगाडि बढाएको छ । एनसिबीका डिजी राकेश अस्थानाको नेतृत्वमा मुम्बईबाट दिल्लीमा अनुसन्धान टोली पुगेको छ । बलिउडका पहिलो सूचीमा रहेका नायिकासँगको बयानपछि एनसिबीले तत्काल कसैलाई गिरफ्तार नगर्ने र कडा निगरानीमा राख्ने रणनीति अपनाएको छ । आइतबार बसेको तीन घन्टासम्मको मिटिङले नायिकाविरुद्ध चार्टसिट तयार गर्न ६ महिना लाग्ने निष्कर्ष निकालेको छ । यो अवधिमा एनसिबीले प्रमाण प्राप्त गर्ने विश्वास छ ।

निर्माता करण जोहरमाथि पनि आशंका
एनसिबीले अनुसन्धानकै क्रममा करण जोहरले सन् २०१९ मा दिएको एक पार्टीको भिडियो मगाएको छ । पार्टीमा सहभागीले सामाजिक सञ्जालमा यो भिडियो पोस्ट गरेपछि करण पनि ड्रग्स कनेक्सनमा मुछिएका छन् । यद्यपि निर्माता करणले आफूले लागुऔषध कहिल्यै सेवन नगरेको एनबिसीलाई जवाफ दिएका छन् । ‘मैले कहिल्यै ड्रग्स लिएको छैन, यहाँसम्म म यस कार्यमा कसैलाई समर्थन गर्दिनँ, मेरो परिवार पनि ड्रग्सविरोधी हो, धर्म प्रोडक्सनबारे हाल सामाजिक सञ्जालमा आइरहेको झुटो हो,’ करणले ट्विटरमा भनेका छन् । यद्यपि करणले सामाजिक सञ्जालबाट आफूले नराम्रो काम कहिल्यै नगरेको बताए पनि उनकै सहायक निर्माता क्षितिज रवि प्रसादलाई एनसिबीले पक्राउ गरेको छ ।
करणले एक वर्षअघि दिएको पार्टीमा क्षितिज पनि सहभागी थिए । एनसिबीले क्षितिज ड्रग्स सप्लाई गर्ने व्यक्ति भएको मानेको छ ।

-नयाँपत्रिका दैनिकबाट


सम्बन्धित शीर्षकहरु

जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’ (औषधीय आहार) का कारण दुई जनाको मृत्यु हुनुका साथै १०० जनाभन्दा बढी…

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

प्रतिकृयाहरू
...