यसपाली भाग्यले भनु वा कर्मले भने जस्तो भएन । जनताले स्पष्ट रूपमा पराजित गरेका थि ए। अब के गर्ने भन्ने सोचमा थिए,हरिलाल ।
अब जनताले स्पष्ट रूपमा पराजित गरी दिए पछि दोस्रो बाटो अपनाउनुपर्ने अवस्था आयो । हाम्रो देशमा सबै विकल्प छन् जो आफूलाई चलाउन र देखाउन सक्छ ।
हरिलालले पनि दोस्रोे बाटो रोज्न थाले । अब के गर्ने? विकल्पको खोजी हुनथाल्यो । कुनबाटो बाट आफ्नो पद सुरक्षित गर्ने भनेर आफ्ना आसेपासे जम्मा भए। विकल्प अनेक सोचियो, कसको भाग खोस्ने अथवा मनोनयन तर्फबाट जाने । अरूको भाग खोस्ने कोशिश गर्दा फेरि प्राजित हुने अवस्था आउन सक्ने थियो।
अर्कोपनि विकल्प थियो,आफू नभएर सन्तानको लागि माग गर्ने । तर जनताको अभिमतलाई नमान्ने? अब सुरु भयो खेल, जाल अनि झेल। रातारात मीटिंग हुन थाल्यो । केन्द्रमा दबाब बढ्न थाल्यो, गुटहरु बन्ने अवस्था आयो।
परदेश तिर पनि खुब न्युज आउन थाल्यो,चर्चा, परिचर्चा बढ्न थाल्यो । विरोधका लहर चल्यो ।
” विदेश तिरबाट दुःख, आक्रोस पोखियो, देश विकाश गर्ने भन्दा पनि खाली आफ्नो पदको लागि लडेको देखेर”।
तर हरीलालको शक्तिको अगाडि सबै आवाज कमजोर पर्दै थिए । जनतालाई उनको आवश्यकता नभए पनि पार्टीलाई आबस्यक थियो होला ।
उनले पद नपाए पार्टी फुट्ने अवस्था आऊन सक्ने थियो। शक्तिको अगाडि जनताको के लाग्छ र?
बिहान विदेश भरी समाचार फालियो, हरिलाल पदमा नियुक्त हुनु भएछ । कसैले गाली दिए, कसैले ताली।
“विदेशमा एउटा हल्ला खुब फालियो,हरुवाले पनि जित्न पाउनी हाम्रो देशमा भनेर”।
उनी आफनो पद समाल्न गए, सबै आवाज बिस्तारै मत्थर भए ।
तानसेन, पाल्पा
हाल,यूएई