Sunday 22nd March 2026

लघुकथाः हरूवाको जीत


यसपाली भाग्यले भनु वा कर्मले भने जस्तो भएन । जनताले स्पष्ट रूपमा पराजित गरेका थि ए। अब के गर्ने भन्ने सोचमा थिए,हरिलाल ।
अब जनताले स्पष्ट रूपमा पराजित गरी दिए पछि दोस्रो बाटो अपनाउनुपर्ने अवस्था आयो । हाम्रो देशमा सबै विकल्प छन् जो आफूलाई चलाउन र देखाउन सक्छ ।

हरिलालले पनि दोस्रोे बाटो रोज्न थाले । अब के गर्ने? विकल्पको खोजी हुनथाल्यो । कुनबाटो बाट आफ्नो पद सुरक्षित गर्ने भनेर आफ्ना आसेपासे जम्मा भए। विकल्प अनेक सोचियो, कसको भाग खोस्ने अथवा मनोनयन तर्फबाट जाने । अरूको भाग खोस्ने कोशिश गर्दा फेरि प्राजित हुने अवस्था आउन सक्ने थियो।

अर्कोपनि विकल्प थियो,आफू नभएर सन्तानको लागि माग गर्ने । तर जनताको अभिमतलाई नमान्ने? अब सुरु भयो खेल, जाल अनि झेल। रातारात मीटिंग हुन थाल्यो । केन्द्रमा दबाब बढ्न थाल्यो, गुटहरु बन्ने अवस्था आयो।
परदेश तिर पनि खुब न्युज आउन थाल्यो,चर्चा, परिचर्चा बढ्न थाल्यो । विरोधका लहर चल्यो ।

” विदेश तिरबाट दुःख, आक्रोस पोखियो, देश विकाश गर्ने भन्दा पनि खाली आफ्नो पदको लागि लडेको देखेर”।
तर हरीलालको शक्तिको अगाडि सबै आवाज कमजोर पर्दै थिए । जनतालाई उनको आवश्यकता नभए पनि पार्टीलाई आबस्यक थियो होला ।

उनले पद नपाए पार्टी फुट्ने अवस्था आऊन सक्ने थियो। शक्तिको अगाडि जनताको के लाग्छ र?
बिहान विदेश भरी समाचार फालियो, हरिलाल पदमा नियुक्त हुनु भएछ । कसैले गाली दिए, कसैले ताली।
“विदेशमा एउटा हल्ला खुब फालियो,हरुवाले पनि जित्न पाउनी हाम्रो देशमा भनेर”।
उनी आफनो पद समाल्न गए, सबै आवाज बिस्तारै मत्थर भए ।

तानसेन, पाल्पा
हाल,यूएई


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...