Saturday 27th December 2025

नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको मृत्यु, मर्नेको कुल संख्या ३६० पुग्यो


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना संक्रमणबाट नेपालमा पछिल्लो २४ घण्टामा थप १५ को मृत्यु भएको छ । यो संख्या दैनिक मृत्यु हुनेहरूको संख्या अहिले सम्मकै अत्याधिक हो । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको हालसम्म ३६० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले मृतकमा ५ जना महिला र १० जना पुरुष रहेको बताए । मर्नेहरू विभिन्न ९ जिल्लाका छन् भने काठमाडाैँका मात्रै ६ जनाको मृत्यु भएको छ ।

मृतक महिलामा काठमाडौँकी ६१ वर्षीया, गोरखाकी ६३ वर्षीया, नवलपरासीका ६२ वर्षीया, पर्साकी ५५ वर्षीया, कपिलवस्तुकी ४७ वर्षीया रहेका छन् ।

त्यसै गरि मृतक पुरुषहरूमा मोरङका २ जना ४० वर्षीय र ७० वर्षीय पुरुष,काठमाडौँका ५ पुरुष ७७ वर्षीय, ६२ वर्षीय, ७३ वर्षीय, ८५ वर्षीय, ७० वर्षीय पुरूष, ललितपुरका ५५ वर्षीय पुरूष, भक्तपुरका ७३ वर्षीय पुरूष र रामेछापका २३ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको हो ।

 


सम्बन्धित शीर्षकहरु

राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)बीचको राजनीतिक समिकरण निर्णायक चरणमा पुगेको छ। रास्वपा सभापति रवि लामिछाने…

“सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना भएको युवा शक्ति कुवेतले साल्मियाको ब्लक–१० गार्डेन…

ढाका — बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष Tarique Rahman ले बिहीबार डिसेम्बर २५ मा स्वदेश फर्किएपछि दिएको पहिलो…

प्रतिकृयाहरू
...