Monday 17th November 2025

गजल -हरि शर्मा (गलकोटे कवि)


धेरै वर्ष पहिलेको कुरा हो तर कथा भने पटक्कै हैन । त्यतिखेर मैले यो गजल लेखेँ । आज पनि सान्दर्भिक नै लाग्यो र यहाँ प्रस्तुत गरेँ । सल्लाह सुझाव शिरोपर गर्नेछु । ???
ढोगेँ मैले सजल!
दिएँ है त गजल!
कस्तो भयो होला खै,
नभन्नू है फजल!!!~~~~???

बिरामी छौ भन्ने सुन्छु सिटामोल खानू सानू!
कस्तो खाले बिरामी हो कसरी म जानूँ सानू !! <१>???

ब्यथा पाल्नु कुनै बेला मानिँदैन राम्रो कतै !
निको यदि नभएमा हस्पिटल जानू सानू!! <२>???

सँसारमा को पो छ र मन बुझिदिने मेरो!
तिमी बिना आफ्नो को हो भनी ठानूँ सानू!! <३>???

तिमी भन्छौ परदेश बस्ने मन छैन मेरो!
त्यस्तो इक्षा हुँदा हुँदै कसो गरी तानूँ सानू!! <४>???

राम्रो तिम्रो आनीबानी देवी सरी पूजा गर्छु!
सरस्वती मानेँ मैले किन अरु मानूँ सानू !! <५>???

साहित्य यसैमा सिमित छ । कसैको व्यक्तिगत जीवनमा ठ्याक्कै मेल खाएमा यो केवल संयोग मात्र हुनेछ । ???

-हरि शर्मा (गलकोटे कवि)
गलकोट-बागलुङ, नेपाल
हालः मिशिगन अमेरिका ।


सम्बन्धित शीर्षकहरु

कुवेत — “सकिन्छ राम्रो गरौँ, सकिँदैन नराम्रो नगरौँ” भन्ने मूल नारासहित युवा शक्ति कुवेतको प्रथम अधिवेशन भव्य रूपमा सम्पन्न भएको…

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कुवेतले आफ्नै संगठनका सदस्यहरूको दक्षता र नेतृत्व क्षमता विकास गर्ने उद्देश्यसहित…

गत वर्षको तुलनामा यस वर्ष मनसुनको समयमा जनधनको क्षति कम भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका…

प्रतिकृयाहरू
...