Sunday 22nd March 2026

कथाः मित्रता -नारायण कोइराला


आन्दोलन चर्किएको बेलामा त्यो बेसी गाँउ नराम्ररी प्रभावित भएको थियो । मानिसहरू विस्थापित भएका थिए । ती मध्ये दोर्जे,  मने र बम पनि थिए । बम अलि मूर्ख उदण्ड किसिमको थियो।
दिनमा ३/४जना बसि कुरा गर्ने अवस्था थिएन। रातको समयमा हामी ३ जाना एउटा बरीको कान्लो मुनि बसि सल्लाह गर्दै थियौँ,अब के गर्ने भनेर। सुनसान रात घरी घरी पारी तिर गोलीको आवाज सुनि राखिएको थियो । अचानक बमको दिमाखमा एक जुक्ति आयो। उसले हामीलाई हेर्दै ,अब यहाँ बस्नुको औचित्य छैन । हामी शहर तिर जाउँ।

मध्यरात हुन लागी सकें को थियो। हामीले एक अर्कालाई हेर्याैं, अरूविकल्प पनि त थिएन । ३जना सहमति भए पछि हामी मध्य रातमा शहरतिर लाग्याैं
रातको तो अँध्यारोसँग लडीबुडी गर्दै करिब ४ घण्टा हिंडे पछि बस आउने बाटोमा पुगियो। अँध्यारो बिस्तारै हट्दै थियो। सूर्यका किरण डाँडा पाखामा मुस्कान जस्तो उज्यालो छर्दै थिए ।
रोड पिच नभएको हुँदा सवारी साधन काम चल्दथे । एउटा खाली ट्रक आयो। हामीले ट्रक रोकायौ। कहाँ सम्म होला, दाजुहरू भनी प्रश्न गरे। हामी शहर सम्म भनी उतर दियौं । समय खराब छ, भन्दै लान अप्ठयारो मान्दै थिए तर हाम्रो अनुरोध माने ।

हामी ट्रकमा बसेर नयाँ जिन्दगीको बाटो तिर हुइकियौ।
साँझ पाखा शहर पुगियो,झिलीमिली बत्ती बलेको थियो। तो रात सडकमा वित्ताइयो।

हामी ३ जना शहरमा रिक्सा चलाउन थाल्यौं । दुःख सुख गुजारा चलइरहेको थियो, साँझ सबै जना एउटा रुममा जम्मा भएपछि रमाइलो हुन्थ्यो
अचानक बम हामीबाट छुट्टियो । हामीले उसलाई खोज्ने धेरै कोसिस गरे पनि सफल हुन सकिएन ।
समय बित्दै गयो। आन्दोलन झन् बढी रहेको थियो । आज भोलि बमका तस्बिरहरू सडकमा टाँसिन थालेका थिए । हामी अचम्म हुँदै थियौँ, ऊ आज भोलि कमान्डर भयो रे । पत्रिकामा पनि नाम आउन थाले रे । हामी आज पनि रोडमा थियौँ,उसको सम्झनाले हामाीलाइ सताउने गर्दथ्यो।

ठूलो आन्दोलन सकिए पछि देशमा शान्ति आयो भनेर सबैले खुसियाली मनाई रहेका थिए।
देशमा शान्ति आएपछी बन्द, हडताल सबै सकिएको थियो । हामी खुसी साथ जिएका थियौँ।
केही वर्ष पछि त्यही सडकमा म मेरो रिक्सा चलाई रहेको थिए। एकजना मानिस जमीनमा लडिरहेको थियो। म रिक्सा रोकि ऊ भएँ तिर गए,उसको हातमा पिप बगिरहेको थियो । धूलो र माटोले मुछिएको उसलाई उठाएर, माटो पुछिदिएँ ।
” म अचानक तर्सिए,मेरो शरीर काप्न थाल्लो । जमीन भासिए जस्तो भयो । मनमा भुइचालो गयो, मेरा आँखा तिरिमिरी भए । आवाज आएन, उ पनि मलाई हेरि मात्र रह्यो ।”
ऊ अरु कोहि नभयर हाम्रो साथी बम थियो । उसलाई लिएर कोठा तिर लागें ।
साँझ हामी फेरि सबै पुराना साथीहरु एकपल्ट भेट भइयो ।
बम खाली एउटा कुरो बोलिरहन्थ्यो । गरीबलाई जहाँ गए पनि दुःख कष्ट भन्दा अरु केही मिल्दैन । अध्यारो बढदै गयो । तीन मित्रका कुरा मधुर हुँदै गए,बिस्तारै निदले तान्यो । आवाज बन्द भयो ।

तानसेन,पाल्पा
हाल – युएई


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...