Thursday 1st January 2026

जिजीविषा – लोक छन्द: सेलो -हरि शर्मा (गलकोटे कवि)


नम: बासुदेवाय: ।
नम: महेश्वराय: ।
बसेका छौँ घरमा ।
कोरोनाको डरमा।१।???

कोरोनाको कहर।
जिजीविषा अझै छ ।
सारै ठूलो डर छ।
ईश्वरको भर छ ।२।???

औषधीले छोएन।
बिज्ञानले भेटेन ।
मान्छे कति मरेका।
अल्पत्रमै परेका ।३।???

कता बाट निस्कियो।
सबैसँग जिस्कियो।
कमजोर भेटेमा।
एकै गाँस पार्दियो ।४।???

कता लुक्छ मोरो यो।
यमराजको छोरो यो।
राम्रो कुरा सुन्दैन ।
दया माया हुँदैन ।५।???

हाम्रो यहाँ के लाग्यो ।
जोश सबै सेलायो।
पूजा गर्छौँ घरमा।
जगदिश्वर भरमा ।६।???

फूल माला चढाई ।
होला हाम्रो भलाई ।
रक्षा गर बंशिधर।
तिम्रै भर पर्मेश्वर।७।???

हरि शर्मा(सुवेदी)
गलकोट- बागलुङ, नेपाल
हाल: मिशिगन अमेरिका ।


सम्बन्धित शीर्षकहरु

गुलाम नवी मन्सुर- कुवेतस्थित नेपाली दूतावासले विगत वर्षहरूमा कुवेतमा विभिन्न कारणले ज्यान गुमाएका तथा कार्यस्थलमा दुर्घटनामा परी घाइते भएका ७८…

साउदी नेतृत्वको गठबन्धनले यमनको हद्रामौतस्थित बन्दरगाह सहर मुकाल्ला मा हवाई आक्रमण गरेको बताएको छ। गठबन्धनका अनुसार युएईको फुजैराह बन्दरगाहबाट आएका…

बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) प्रमुख बेगम खालिदा जियाको निधन भएको छ । आज बिहान ६ बजे ८०…

प्रतिकृयाहरू
...