Monday 17th November 2025

तीन सचेतनामुलक मुक्तकहरू -हरि शर्मा (गलकोटे कवि)


छलको बल गरेको शासन लोकमा टिक्दैन ।
ठगको बोली दीर्घकालसम्म कदापि बिक्दैन ।
बुझ्दैनौ किन तिमी खुट्टा तान्ने नपुंसकहरु ?
पक्कै हो मूर्खले राम्रो कुरा कदापि सिक्दैन । १ ।?????

तरबार भन्दा ठूलो, कलम हो भन्छन् ।
कलमकै भरमा कवि, प्रख्यात बन्छन् ।।
जहाँ रवि पुग्दैनन्, त्यहाँ पुग्छन् कवि
कविले आफ्नो मान, कवितामा गन्छन् । २ ।?????

वीरता लेख्छ कलम, आन्दोलन गर्छ ।
कविको सन्देशले, संकट पनि टर्छ ।
रुन्चे मन बुझाउन, पोख्त परे कवि
सुन माथि सुगन्ध नि कविले नै भर्छ । ३ ।?????

हरि शर्मा( गलकोटे कवि)
गलकोट, बागलुङ नेपाल
हाल:मिशिगन अमेरिका ।


सम्बन्धित शीर्षकहरु

कुवेत — “सकिन्छ राम्रो गरौँ, सकिँदैन नराम्रो नगरौँ” भन्ने मूल नारासहित युवा शक्ति कुवेतको प्रथम अधिवेशन भव्य रूपमा सम्पन्न भएको…

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कुवेतले आफ्नै संगठनका सदस्यहरूको दक्षता र नेतृत्व क्षमता विकास गर्ने उद्देश्यसहित…

गत वर्षको तुलनामा यस वर्ष मनसुनको समयमा जनधनको क्षति कम भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका…

प्रतिकृयाहरू
...