Friday 2nd October 2026

लघुकथाः श्राद्ध -नारायण कोइराला


भर्खर १४ पुगेर १५ लाए मदन । हिँजो बिहान अलि अलि आएको दारी अनि कपाल कटाएका थिए। अनि बिहानै नुहाएर सफा सुग्घर भए। सामान्य फलफूल खाएर त्यो दिन बित्यो।

रात परी सकेको थियो, साँझको खाना खाएपछि सुत्न आफ्नो कोठामा गए बाबालाई सम्झन थाले।आज भन्दा २ वर्ष पहिला रातो बाकसमा उनको घर बाबाको लाश आएको थियो मरुभूमि बाट । मदनका लागि त्यो सबै भन्दा दुःखको पल थियो । जुन छोरालाई माया दिने रमाउने समय थियो । यस्तो अवस्थामा भएको यो घटनाको सम्झना आयो रातभरि उनलाई। छटपटाई रहे, बिहानीको उज्यालोले चियाई सकेको थियो।

बाकस आउन भन्दा पहिले सधै दशैं मा आउने बाब २ वर्ष हुने भयो पितृको रूपमा आऊनु पर्ने अवस्था भएको। बाबाका सम्झना बालक मस्तिष्कमा घुमि रहेका थिए । जति सम्झिए पनि बितेका दिनहरू फेरि फर्केर आउन सक्ने कुरो पनि भएन।

पण्डित बा आउनु भएको थियो, विधि अनुसार बाबालाई पिण्ड दिए ।
मदनका आँखा रसाए। उनी सोच्न बाध्य भए, बाबा पहिला छुट्टीमा आउदाका दिन अनि पल हरु । पण्डित बाले श्राद्ध सकिएको बताउनु भयो। निधारमा पहेँला टीका लाईयो।मदनका आँखा बादल तिर हेरर टोलाइरहे !!!!!

तानसेन- पाल्पा
हाल युएई


सम्बन्धित शीर्षकहरु

अफगानिस्तानका कुनार र हेल्मन्द प्रान्तमा पाकिस्तानले गरेको हवाई आक्रमणमा महिला तथा बालबालिकासहित कम्तीमा ९ नागरिकको मृत्यु भएको तालिबान सरकारका प्रवक्ता…

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमाल आधार शिविरमा गएको हिमपहिरोमा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ। बिहीबार थप आठ शव…

वैज्ञानिक तस्वीर तथा भिडियो प्रतियोगिता निकोन स्मल वर्ल्ड इन मोशन को विजेता भिडियोमाथि एआई (कृत्रिम बुद्धिमत्ता) प्रयोग गरिएको आरोप लागेपछि…

प्रतिकृयाहरू
...