Thursday 13th August 2026

लघुकथाः श्राद्ध -नारायण कोइराला


भर्खर १४ पुगेर १५ लाए मदन । हिँजो बिहान अलि अलि आएको दारी अनि कपाल कटाएका थिए। अनि बिहानै नुहाएर सफा सुग्घर भए। सामान्य फलफूल खाएर त्यो दिन बित्यो।

रात परी सकेको थियो, साँझको खाना खाएपछि सुत्न आफ्नो कोठामा गए बाबालाई सम्झन थाले।आज भन्दा २ वर्ष पहिला रातो बाकसमा उनको घर बाबाको लाश आएको थियो मरुभूमि बाट । मदनका लागि त्यो सबै भन्दा दुःखको पल थियो । जुन छोरालाई माया दिने रमाउने समय थियो । यस्तो अवस्थामा भएको यो घटनाको सम्झना आयो रातभरि उनलाई। छटपटाई रहे, बिहानीको उज्यालोले चियाई सकेको थियो।

बाकस आउन भन्दा पहिले सधै दशैं मा आउने बाब २ वर्ष हुने भयो पितृको रूपमा आऊनु पर्ने अवस्था भएको। बाबाका सम्झना बालक मस्तिष्कमा घुमि रहेका थिए । जति सम्झिए पनि बितेका दिनहरू फेरि फर्केर आउन सक्ने कुरो पनि भएन।

पण्डित बा आउनु भएको थियो, विधि अनुसार बाबालाई पिण्ड दिए ।
मदनका आँखा रसाए। उनी सोच्न बाध्य भए, बाबा पहिला छुट्टीमा आउदाका दिन अनि पल हरु । पण्डित बाले श्राद्ध सकिएको बताउनु भयो। निधारमा पहेँला टीका लाईयो।मदनका आँखा बादल तिर हेरर टोलाइरहे !!!!!

तानसेन- पाल्पा
हाल युएई


सम्बन्धित शीर्षकहरु

काठमाडौं, २७ साउन २०८३ — जनआस्था साप्ताहिकका सम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले बुधबार साँझ ललितपुरस्थित निवासबाट पक्राउ गरेको…

बीबीसीको विश्लेषणअनुसार, ईरान तत्काल युद्ध अन्त्य गर्न दबाबमा देखिए पनि सैन्य रूपमा लामो समयसम्म प्रतिरोध जारी राख्ने क्षमता अझै बाँकी…

कुवेतमा घरेलु कामदारका रूपमा कार्यरत झापा बुद्धशान्ति गाउँपालिका–४ की पूजा तामाङ विगत ६ महिनादेखि परिवारको सम्पर्कमा नरहेको भन्दै वडा कार्यालयले…

प्रतिकृयाहरू
...