Tuesday 25th August 2026

साउदीमा अलपत्र नेपाली मदजुरले नेपाल सरकार विरूद्ध चर्को नाराबाजी गरे


तितोपाटी – लामो समयदेखि बेरोजगार भइ समयमा स्वदेश फर्कन नपाएपछि साउदीमा अलपत्र नेपाली मदजुरले नेपाल सरकारका बिरूद्ध चर्को नाराबाजी गरेका छन् । साउदी अरबको रियाद स्थित सेमास्को सप्लाई कम्पनीबाट बेरोजगार भएका नेपाली श्रमिकको समुहले आवासगृहमा नै नाराबाजी गरेको हो । उक्त कम्पनीमा कार्यरत एक हजार श्रमिक बेरोजगार भएपछि नेपाल फर्कनको लागि प्रतिक्षारत छन् ।

उनीहरूले पटकपटक स्वदेश फर्कनका लागि निवेदन दिँदा र कम्पनीले पठाउने प्रयत्न गर्दा पनि रियादस्थित दूतावासले बेवास्ता गरेको भन्दै नाराबाजी गरेका हुन् । कम्पनीले दूतावासले असहयोग गरेको भन्ने र दूतावासले कम्पनीले प्रकृया नै अघि नबढाएको भन्दै श्रमिकलाइ पारेपछि उनीहरू अाक्रशित बनेका हुन् ।

साउदी अरबमा यतिखेर हजाराैं नेपाली श्रमिक अलपत्र छन् । कोभिड-19 को कारण लकडाउन भएपछि कतिपय कम्पनीले काम दिन नसक्ने अबस्था भएपछि बस्न र खान दिए पनि पारश्रमिक दिन नसकेपछि बेरोजगार भएको तथा कतिपय श्रमिकको भिसा अवधि पनि सकिएको कारण झण्डै ६ महिनादेखि स्वदेश फर्काइको प्रतिक्षामा बसेका छन् ।

केहि महिना अघि कुवेतको सेल्टरमा रहेका श्रमिकहरूले पनि महिनाैदेखि स्वदेश फर्कन नपाउँदा सरकार बिरूद्ध चर्को नाराबाजी गरेका थिए । यतिखेर खाडीका सबै देशमा अलपत्र रहेका नेपाली श्रमिकहरू स्वदेश फर्काइको प्रतिक्षामा छन् ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं — जेम्स वेब स्पेस टेलिस्कोप (JWST) का नयाँ तथा थप सटीक अवलोकनहरूले ब्रह्माण्ड कति तीव्र गतिमा फैलिरहेको छ भन्ने…

कुवेतको फौजदारी अदालतले लागुऔषध कारोबार तथा प्रयोगसम्बन्धी विभिन्न मुद्दामा कडा सजाय सुनाएको छ। अदालतले एक बंगलादेशी नागरिकलाई लागुऔषध तथा मनोप्रभावी…

हाइटीमा ग्याङ हिंसा फेरि तीव्र बनेको छ। राजधानी पोर्ट–अ–प्रिन्सनजिकैको केन्स्कोफ क्षेत्रमा शक्तिशाली ग्याङ गठबन्धनले गरेको आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु…

प्रतिकृयाहरू
...