Sunday 22nd March 2026

मुक्तक बोल्छ मुक्तकबाट -हरि शर्मा (गलकोटे कवि)


<<छैन मसँग केही अरु>>
<<चार चटके मुक्तकहरु>>
<<पढेर चटक्कै भुल्न भन्दा >>
<<एक पटक मनन गरौँ बरु>> ???

त्यो संसार पापीहरु रजाउने ठाउँ रहेछ ।
कसाईको यहाँ धर्मदेव भनेर नाउँ रहेछ ।
यो देवभूमी भनेर निर्धक्क डुल्न खोजियो
त्यो त खाली गिद्दहरु रमाउने गाउँ रहेछ । <<१ >>???

सैतानको घरमा सैतानको नै पूजा हुन्छ ।
सैतानको संगतले कोमल मुटु धुजा हुन्छ ।
भुलेर पनि कसैले सैतानको संगत नगर्नू
यसले गर्दा अनुहारभरी दुखको मुजा हुन्छ । <<२>>???

मायालुहरु सुन संसारमा एक्लो कोही हुँदैन ।
मात्र आँसु चुहाउँछ दया माया गर्ने गोही हुँदैन ।
माया आज सिन्किको मोलमा छ बिचार पुर्‍याऊ
जाल मात्र मोहको, दयालु र मायालु मोही हुँदैन । <<३>>???

जसलाई आफन्त ठानेँ उसैले ममाथी घात गर्‍यो ।
काँकोलाई राखेको थाँक्रो,थाँक्रोले उत्पात गर्‍यो ।
मैले खुबै बिश्वास गरेर आफ्नो सम्पति सुम्पिएँ
आखिर आएर उसैले त्यसैमाथि लामो हात गर्‍यो । <<४>> ???

हरि शर्मा म
गलकोटे कवि म
मिशिगनमा । ???


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...