Sunday 11th October 2026

राष्ट्रपतिको सञ्चार सल्लाहकार टिका ढकाल नियुक्त


तितोपाटी- राष्ट्रपति विद्या भण्डारीले टीका ढकाललाई विज्ञ सल्लाहकारमा नियुक्त गरेकी छिन् । उनले पाँचथरका ढकाललाई दुई बर्षका लागि सञ्चार विज्ञको रुपमा नियुक्त गरेकी हुन् ।

पाँचथरका ढकालले त्रिविबाट अंग्रेजी विषयमा स्नातकोत्तर गर्नुका साथै अमेरिकाबाट उच्च शिक्षा हासिल गरेका छन् । यसअघिका विज्ञ माधव पौडेलको कार्यकाल सकिएपछि ढकाललाई नियुक्त गरिएको हो ।

पौडेलको यसअघि म्याद थप गरिएपनि यो पटक भने कार्यालयले थप नगरेको हो । त्यसैगरी राष्ट्रपतिका सुरक्षा सल्लाहकार नेत्र थापको पनि कार्यकाल सकिएको छ । उनको ठाँउमा भने कसैलाई नियुक्त गरिएको छैन ।

यसअघि सुशील प्याकुरेलले राजनीतिक सल्लाहकारवाट राजीनामा दिएका थिए । अहिले राष्ट्रपतिका विज्ञ सल्लाहकारमा लालबाबु प्रसाद यादव र लक्ष्मी कार्की मात्र कार्यरत छन् ।


सम्बन्धित शीर्षकहरु

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित उङ्गिलुङ खोलामा पहिरोले खोला थुनिएपछि आएको आकस्मिक बाढीले चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा ठूलो क्षति…

यहि अक्टोबर १२ देखि १८ सम्म थाइल्यान्डको बैंककमा अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) र विश्व बैंकको वार्षिक बैठक हुँदैछ। बैठकमा विश्वभर…

नयाँदिल्ली। भारतको ककक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दिप्के, सहसंयोजक सौरव दास र आशुतोष रङ्का प्रहरी नियन्त्रणबाट रिहा भएका…

प्रतिकृयाहरू
...