Sunday 11th October 2026

कोरोनाका बीच ३२ सय ५६ ले लिए पुनः श्रम स्वीकृति


तितोपाटी- वैदेशिक रोजगारीबाट घर बिदामा आएको कामदार पुनः श्रम स्वीकृति लिने क्रम बढ्दाे छ । कोरोना भाइरसको महामारीका बीचमा नै विभिन्न देशबाट घर बिदामा आएका ३ हजार २ सय ५३ जनाले पुनः श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।
सरकारले फागुनकाे अन्तिम सातादेखि रोकेको पुनः श्रम स्वीकृति गएको १८ असारदेखि खुला गरेको हो । यस्तै, नयाँ श्रम स्वीकृति पनि सरकारले खुलाएको छ । तर काठमाडाैंमा भएको निषेधाज्ञा र कोरोना प्रभावका कारण नयाँ श्रम स्वीकृतिका काम नभएको विभागले जनाएको छ ।
नयाँ श्रम स्वीकृतिका लागि आवेदन पनि नपरेको विभागले जानकारी दिएको छ । यो अवधि खाडीका देश र मलेसिया जाने पुनः श्रम स्वीकृति लिएका छन् ।
यस्तै, यही अवधिमा १ सय ४९ जनाले वैधानिकीकरण (पहिले अरु नै भिसाका विदेश गएर त्यहाँ काम गरेपछि नेपाल आएका) श्रम स्वीकृति लिएका) गरेका छन् ।-शिलापत्रबाट


सम्बन्धित शीर्षकहरु

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित उङ्गिलुङ खोलामा पहिरोले खोला थुनिएपछि आएको आकस्मिक बाढीले चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा ठूलो क्षति…

यहि अक्टोबर १२ देखि १८ सम्म थाइल्यान्डको बैंककमा अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) र विश्व बैंकको वार्षिक बैठक हुँदैछ। बैठकमा विश्वभर…

नयाँदिल्ली। भारतको ककक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दिप्के, सहसंयोजक सौरव दास र आशुतोष रङ्का प्रहरी नियन्त्रणबाट रिहा भएका…

प्रतिकृयाहरू
...