Monday 29th December 2025

कुवेतमा काभ्रेका बिष्णु बहादुर तामाङको मृत्यु


हरि कृष्ण न्यौपाने- काभ्रेपलान्चोक घर भई कुवेतमा कार्यरत ३२ बर्षिय बिष्णु बहादुर तामाङको कुवेतमा मृत्यु भएको छ । उनको उपचारकै क्रममा कुवेतको आदान अस्पतालमा सेप्टेम्बर ०५ शनिबार, २०२० का दिन मृत्यु भएको हो ।

पारिबारिक स्रोतका अनुसार बिष्णु बहादुरलाई १५ दिन अघि मात्र कुवेतको स्वेखमा रहेको मानसिक अस्पतालमा लगिएको र १२ दिन उपचार पछि फर्काइएको थियो तर कम्पनीको आवासमा फर्किए पछि पुन: कुवेतको आदान अस्पताल लगिएकोमा उपचारकै क्रममा बिष्णुको मृत्यु भएको खबर आफुहरुले पाए पछि हामीहरु सार्है दुःखीत भएका छौ र पत्याउनै गार्हो परिरहेको छ।

नेपाली राजदूतावास कुवेतका द्वितिय सचिब श्रीकृष्ण सिलवालले राहदानी नं- ०६६८५९९१ का बिष्णु बहादुर तामाङको मृत्यु बारे प्रारम्भिक जानकारी राजदूतावासमा आएको बताए । उनले भने “बिष्णु नोभेम्बर, २०१९ मा कुवेतको आर्मर स्टेट गार्ड कम्पनीमा सेक्युरिटी गार्डको रुपमा आएको देखिन्छ । उहाँको मृत्युको पूर्ण विवरण आउन बाँकी भए पनि कम्पनी र परिवारसंग समन्वय गरेर दूतावासले कानुनी प्रकृया शुरु गरिसकेको जनाएको छ ।

वैदेशिक रोजगारीको क्रममा कुवेत आएको १ वर्ष पनि नपुग्दै ज्यान गुमाएका विष्णुको घरमा बुबा, दिदी, श्रीमती र २ वर्षकी छोरी छन् ।


सम्बन्धित शीर्षकहरु

इजरायलले सोमालील्यान्डलाई स्वतन्त्र र सार्वभौम राज्यको रूपमा औपचारिक रूपमा मान्यता दिने पहिलो देशको रूपमा घोषणा गरेको छ, र यसले क्षेत्रीय…

धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको पार्टीको पहलमा अघि बढाइएको श्रम संस्कृति महा अभियान को प्रवासी सभा कुवेतले आगामी जनवरी…

राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)बीचको राजनीतिक समिकरण निर्णायक चरणमा पुगेको छ। रास्वपा सभापति रवि लामिछाने…

प्रतिकृयाहरू
...