Sunday 16th November 2025

लघुकथाः झोला -नारायण कोइराला


आज बिहान विमानस्थलमा टेक्दा मेरो मन खुशीले गदगद थियो । सबै वेदना भुलि सकियो, आज खुशीको क्षण थियो । यसो आँखा घुमाए, सधैं आउँदा जस्तो भीड थिएन । सुरक्षाकर्मी तैनाथ थिए । लाग्छ मलाई जेल लान लागिएको छ ।

अघि पछि कोही छैन, सिधै होटलमा लैजाने बस छ । न हाइ न हेल्लो सबका अनुहार मास्कले छोपिएका छन् । त्यो मेरो झोला हातमा लिएर म बसमा बसें । एकछिन पछि होटल पुगियो । अरू साथीहरू पनि थिए, न त कुनै तामझाम थियो न त कुनै चहलपहल नै ।

मेरो लागि कोठा तयार थियो , टाढाबाट एउटा सानो भाईले कोठा देखाउँदै भन्यो, हजुरको कोठा दाई । यति भनि उ पनि गयो । रातीको खाना ढोका निर आयो । खाना सादा थियो । यसपाली मेरो झोला पनि खाली जस्तै थियो ।

१५ दिनको बसाइ पछि गाउँ पुगियो । सबै जना हल्ला गर्दै थिए, त्यो आउने बाटो तिर हिँड्न हुन्न भन्दै । म चुपचाप थिएँ, सधैं आउँदा टोलका साथी भाई मेरो झोलालाई खुब माया गरेर बोक्न अघि सर्थे । यसपाली त्यस्तो भएन ।

म घर पुगि सकेको थिएँ । आँगनमा थचक्क बसें र त्यो मेरो झोला तर्फ एकोहोरो हेरिरहें । यो कोरोनाको महामारीले मानिसको सम्बन्धलाई कस्तो बनाएको छ ? सोची रहें, सोची रहें ।

तानसेन पाल्पा
हालः युएइ


सम्बन्धित शीर्षकहरु

कुवेत — “सकिन्छ राम्रो गरौँ, सकिँदैन नराम्रो नगरौँ” भन्ने मूल नारासहित युवा शक्ति कुवेतको प्रथम अधिवेशन भव्य रूपमा सम्पन्न भएको…

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कुवेतले आफ्नै संगठनका सदस्यहरूको दक्षता र नेतृत्व क्षमता विकास गर्ने उद्देश्यसहित…

गत वर्षको तुलनामा यस वर्ष मनसुनको समयमा जनधनको क्षति कम भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका…

प्रतिकृयाहरू
...