Wednesday 24th April 2024

कोरोनाको कहरमा पनि रोकिएन मानव तस्करी


तितोपाटी- कोरोना कहरको बेलापनि मानव बेचबिखन तथा ओसारपसारका घटनामा कमी आएको छैन ।

कोभिड–१९ का कारण बेरोजगारी बढिरहेको बेला विभिन्न प्रलोभनमा पारी बिचौलियाले सोझासाझा युवतीलाई सीमा कटाउने गरेको पाइएको छ ।

यसैबीच कपिलवस्तुको कृष्णनगर, तौलिहवा र चन्द्रौटा क्षेत्रमा रहेर सीमा निगरानी गर्दै आएको शान्ति पुनस्र्थापना गृहले पछिल्लो चार महिनामा २२ युवतीलाई बेचबिखनबाट जोगाएको छ ।

लकडाउनको मौका छोपी विभिन्न प्रलोभन देखाई बेचबिखनका लागि भारत लगायत तेस्रो मुलुकमा लैजान लागेका ती युवतीहरुलाई शान्ति पुनस्र्थापना गृह (पीआरसी) ले उद्धार गरेको हो ।

उद्धार गरिएकामध्ये ८ जनालाई भारतका विभिन्न शहरबाट नेपाल फर्काइएको शान्ति पुनस्र्थापना गृहका क्षेत्रीय संयोजक भूमिराज भट्टराईले जानकारी दिए ।

१४ जनालाई भने नेपाल भारतको सीमा परामर्शका क्रममा घर फर्काइएको पीआरसी सुपरभाइजर बसन्ती जि.सी.ले जानकारी दिएकी छन् । लकडाउनको समयमा सबैभन्दा बढी साउन महिनामा ११ जनालाई बेचबिखनबाट जोगाउन सफल भएको पीआरसी सुपरभाइजर जि.सी.ले बताइन् ।

यसैगरी जेठमा २ जना, असारमा ८जनाको उद्धार गर्न सफल भएको पीआरसी जिल्ला संयोजक निशा पन्थीको भनाई छ । “यता भदौ महिनामा भने १ जनाको उद्धार गर्न सफल भयौं” –जिल्ला संयोजक पन्थीले भनिन् ।

उद्धार गरिएकामध्ये १२ जना प्रहरी मार्फत र १० जनालाई संस्था मार्फत घर परिवारलाई जिम्मा लगाइएको क्षेत्रीय संयोजक भट्टराईले बताए । भारतबाट उद्धार गरिएका ४ जनाको मुद्दा दर्ता भई अनुसन्धान कार्य अघि बढेको पीआरसी क्षेत्रीय संयोजक भट्टराईले जनाएका छन् ।-साभार दैनिकनेपाल बाट


सम्बन्धित शीर्षकहरु

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आज दुईदिने नेपालको राजकीय भ्रमणका क्रममा काठमाडौँ आइपुगेका…

खोटाङ-कुवेत सम्पर्क मञ्चल छैठौं अधिवेशन मे २४ मा हुने भएको छ । मञ्चले नेपालबाट गायक तथा संगीतकार अनिल कोयी राईलाइ…

महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या बढेको छ। दश वर्षअघि १३ वटा बाघ रहेकामा अहिले बढेरर ४४ पुगेको छ। निकुञ्जका…

प्रतिकृयाहरू
...