Sunday 11th October 2026

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा जोडिएका मिश्रलाई अख्तियारले बोलायो


तितोपाटी- सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा जोडिएका विजयप्रकाश मिश्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनको दायरामा ल्याएको छ ।

तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले ७० करोड रुपैयाँ कमिसनका लागि बार्गेन गरेको अडियो टेप बाहिरिएपछि सोधपुछका लागि मिश्रलाई अख्तियारले बोलाएको हो ।
सो प्रकरणमा मिश्र स्विस कम्पनीका नेपाली एजेन्ट थिए । बास्कोटासँग मिश्रले कुराकानी गरेका थिए ।

अख्तियारले आज मिश्रको नाममा सूचना जारी गर्दै ७ दिनभित्र हाजिर हुन निर्देशन दिएको हो । अख्तियारले मिश्रलाई आजको मितिले ७ दिनमित्र आयोगको प्रहरी महाशाखा अनुसन्धान अधिकृतसँग सम्पर्कमा आउन भनेको छ । यस अवधिमा नआए मिश्रविरुद्ध कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढ्ने सूचनामा उल्लेख छ ।

मन्त्री बास्कोटाले भने अडियो काण्डपछि छानबिनलाई सघाउने भन्दै मन्त्री पदबाट राजीनामा दिएका थिए ।


सम्बन्धित शीर्षकहरु

अफ्रिकी देश जिबुटीको तट नजिक आप्रवासी बोकेको डुंगा डुब्दा कम्तीमा १३९ जनाको मृत्यु भएको छ भने ८४ जना अझै बेपत्ता…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच ऊर्जा पूर्वाधारमा हुने आक्रमण रोक्ने विषयमा तत्काल लागू हुने “ऊर्जा युद्धविराम” भएको घोषणा…

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा भएको खेलमा नेपालले क्यानडालाई पराजित गरेको छ। नेपालले पहिले ब्याटिङ गर्दै ५० ओभरमा २३४…

प्रतिकृयाहरू
...