Sunday 19th May 2024

कोरोनाबाट थप तीन जनाको मृत्यु


तितोपाटी- कोरोना भाइरस संक्रमणबाट थप तीन जनाो मृत्यु भएको छ। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा २ जना र बुटवल कोरोना अस्पतालमा एक जनाको मृत्यु भएको हो।

शिक्षण अस्पतालका अनुसार काठमाडौं मैतिदेवीका ७५ वर्षीय पुरुष र तनहुँकी २० वर्षीया महिलाको मंगलबार साँझ कोरोना संक्रमणको कारण मृत्यु भएको हो। सुगर प्रेसर जस्ता दीर्घरोग भएको ७५ वर्षीय पुरुष गत १५ गते अस्पताल भर्ना भएका थिए।

त्यस्तै २० वर्षीया महिलालाई बाथरोथ र मिर्गौलाको समस्या थियो। डायलासिस गराइरहेकी उनी १६ गते नै भर्ना भएकी थिइन्। दुवै जनाको आइसियूमा उपचार भइरहेको थियो।

यसैबीच कपिलवस्तु नगरपालिका वडा नम्बर ११ की ६० वर्षीया महिलाको कोरोना विषेश अस्थायी अस्पताल बुटवलमा मृत्यु भएको छ। उनको उपचारका क्रममा बुधबार (आज) बिहान मृत्यु भएको बताइएको छ।

कोरोना पोजेटिभ देखिएपछि भदौ ७ गते अस्पताल भर्ना भएकी उनको सोही दिनदेखि आइसियूमा राखेर उपचार भइरहेकोमा बुधबार बिहान ९ः१५ बजे मृत्यु भएको अस्पतालले जनाको छ।

संक्रमित महिलामा उच्च रक्तचापलगायत दीर्घ रोग रहेको र संक्रमणपछि ज्वरो आउनुका साथै श्वासप्रश्वासमा पनि समस्या देखिएको जनाइएको छ।


सम्बन्धित शीर्षकहरु

प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना…

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

प्रतिकृयाहरू
...