Sunday 22nd March 2026

लघुकथाः सन्नाटा


नारायण कोइराला – बिहानीको अवस्था आउनु भन्दा पहिले चिर्विर चराहरू कराउन सुरु गरिरहेका छन्। ठूला डाँडाहरुमा अली अली उज्यालो किरण आउन थालेको छ। विस्तारमा आधा निद्रामा सुती रहेकी मधुमालाको फोनको घण्टी बज्यो। निद्रा बिथोल्दै फोन उठाउन पुगिन्। फोनका आवाजले उनको आवाज नैं बन्द गरायो।

उनको शरीर भरी पसीना आयो ।उनको बोली फुट्न सक्ने अवस्था थिएन। सगै सुतेको उनको सानो छोरोले के भो ममी भन्दै बोलाउन थाल्यो । उसको आवाज सुनेर वरिपरिका मानिस जम्मा भए।मधुमाला जमीनमा पल्टिएकी थिइन। सबै रन भुल्ल थिए। छोरो रोईरहेको थियो।

मोबाइल फेरि बज्यो जम्मा भएका मध्येबाट एकजनाले फोन उठाए ।उनी पनि एक्छिन के बोल्ने थाहा नै भएन।सन्नाटा छायो ।उज्यालो हुँदै गरेको बिहानी,औँसीको रात जस्तो भयो। विदेशमा रहेका मधुमालाको जीवन साथीले फेरि नफर्कने गरी यो दुनियाँ छोडी सक्नु भएको थियो। सबै जना मधुमालालाई पानी छर्किए। बिस्तारै उनका आँखा खुल्छन्।सबै बाकसको प्रतिक्षामा बस्छन्।

उफ्फ!!!!

हालः युएइ ।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...