Sunday 16th November 2025

लघुकथाः सन्नाटा


नारायण कोइराला – बिहानीको अवस्था आउनु भन्दा पहिले चिर्विर चराहरू कराउन सुरु गरिरहेका छन्। ठूला डाँडाहरुमा अली अली उज्यालो किरण आउन थालेको छ। विस्तारमा आधा निद्रामा सुती रहेकी मधुमालाको फोनको घण्टी बज्यो। निद्रा बिथोल्दै फोन उठाउन पुगिन्। फोनका आवाजले उनको आवाज नैं बन्द गरायो।

उनको शरीर भरी पसीना आयो ।उनको बोली फुट्न सक्ने अवस्था थिएन। सगै सुतेको उनको सानो छोरोले के भो ममी भन्दै बोलाउन थाल्यो । उसको आवाज सुनेर वरिपरिका मानिस जम्मा भए।मधुमाला जमीनमा पल्टिएकी थिइन। सबै रन भुल्ल थिए। छोरो रोईरहेको थियो।

मोबाइल फेरि बज्यो जम्मा भएका मध्येबाट एकजनाले फोन उठाए ।उनी पनि एक्छिन के बोल्ने थाहा नै भएन।सन्नाटा छायो ।उज्यालो हुँदै गरेको बिहानी,औँसीको रात जस्तो भयो। विदेशमा रहेका मधुमालाको जीवन साथीले फेरि नफर्कने गरी यो दुनियाँ छोडी सक्नु भएको थियो। सबै जना मधुमालालाई पानी छर्किए। बिस्तारै उनका आँखा खुल्छन्।सबै बाकसको प्रतिक्षामा बस्छन्।

उफ्फ!!!!

हालः युएइ ।


सम्बन्धित शीर्षकहरु

कुवेत — “सकिन्छ राम्रो गरौँ, सकिँदैन नराम्रो नगरौँ” भन्ने मूल नारासहित युवा शक्ति कुवेतको प्रथम अधिवेशन भव्य रूपमा सम्पन्न भएको…

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कुवेतले आफ्नै संगठनका सदस्यहरूको दक्षता र नेतृत्व क्षमता विकास गर्ने उद्देश्यसहित…

गत वर्षको तुलनामा यस वर्ष मनसुनको समयमा जनधनको क्षति कम भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका…

प्रतिकृयाहरू
...