Sunday 22nd March 2026

गीति कविता सुसेली -हरि शर्मा (गलकोटे कवि)


श्रीगणेश भो
लोक भाका सुसेली
आफ्नै घरको ।
*************
गीत गीतमै सीमित छ, अन्यथा हुने छैन । सुसेली हाइकु जस्तै तर हाइकु भने अबश्य हैन । यो हाम्रो जननी भाषा नेपाली र हजुरआमा भाषा संस्कृतमा पहिले देखि चलेको थियो हामीले चाल नपाएको मात्र हो । आउनुहोस् अब मजाले सबैले गाउनु पर्छ ।

नम: शिवाय:
ॐ नमो भगवते
वासुदेवाय: ।<१> ???

गीति कविता
लोक भाका सुसेली
लेख सहेली । <२>???

देखेँ राधिका
कृष्णजीको साथमा
मध्य रातमा।<३>???

मध्य रातमा
बेहुला र बेहुली
एकै साथमा । <४>???

साथी धेरै छ
कृष्णको साथमा त्यो
त्यस्तो के रैछ । <५>???

हेर्दा उस्तै छ
जस्ताको तस्तै छ
अर्थ के रैछ ?<६>???

नाना भाँतिका
कलियुगे राधिका
भएँ म दिक्क। <७>???

खोजी गरियो
आफू हरि हुनाले
लक्ष्मी चाहियो । <८>???

मैले सुम्पिएँ
आफू टाढा उम्किएँ
भक्त बन्दिएँ ।<९> ???

गरें नमन
सारै राम्रो कृष्णजी
शुभकामना।<१०>???

भएँ है बिदा
घरमा पूजा हुन्छ
आज भोली त। <११>???

मैले छाड्दिएँ
लोभ मोह मात्सर्य
लाग्ने आश्चर्य । <१२>???

छैन बासना
मन सफा पानी छ
सबै हाँस न। <१३>???

बिन्ती बिसाको
कवि किन रिसाको
छैन था पाको ।<१४> ???

सबै मिलौँला
असत्यको बिरुध्द
सबै जुटौँला ।<१५>???

त्यसै गरौँला
शिव पूजा लगौँला
भक्त बनौँला । <१६>???

भेटेँ सहेली
सुसेलीको बतास
खेल्यो बयली ।<१७> ???

सुन सहेली
सुसेलीमा मित्रता
गाँसौ अहिले । <१८>???

अनुशासन
सबै मिली पालना
गर्ने चाहना । <१९> ???

कवि महान
हाम्रै घर जन्मेका
अरु नठान । <२०>???


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...