तातो घाम, खुल्ला आकाश, हामी आकाश मुनि ।
श्रमिकको कमाइ लुट्ने नेता गण त हुन नि ।।
कहिले लाठी कहिले लाती हामीले ने खाने ।
गोलाबारुद बम पड्किएर हाम्रै खति हुने ।।
बाध्यताले गर्दा हामी परदेश लाग्नु पर्यो ।
पसिनाको कमाईबाट सबलाई पाल्नु पर्यो।।
आज पूरा देश रुँदा तिमी हेरी मात्र बस्ने ।
भोक, रोगको आक्रान्त भाई हामी बाँच्नु पर्ने?
सिंदूर पुछिदा अनि अपाङ्ग हुँदा पनि लडी रह्यौं ।
नेतागणकै लागि सधैं हामीले बलिदान गरी रह्यौं।।
चपल पड्काई हिडने आज कहाँ पुगेका छौं।
अघिपछि दलाल राखी हामीलाई बिर्सेका छौं ।।
पोल्छ एक दिन त्यो रगतले छट्पटाउन पर्ला।
त्यस बेलामा बल्ल फेरि हाम्रो याद आउला।।