Sunday 22nd March 2026

एकपल्ट हेर सरकार ! – नारायण कोइराला


एक पल्ट हेर सरकार!!!!!
म थला परेको छु,
तातो घाममा
जली रहेको छु।
एकपल्ट हेर सरकार
म तिम्रो पर्खाइमा बसिरयको छु।
आकाश माथि जहाज उड्दा
मलाई लिन आय जस्तो लाग्छ।
तर होइन रहेछ,
न त म नेताको छोरो,
न त दूतावासमा मेरो कोई आफन्त नै छ।
म त एक गरिब बाब आमाको छोरा हु,
जसको मृत्यु भएनी आमा बाबा मात्र रुन्छन्।
मारु भूमिमा जल्द जल्दै श्वास निक्लियो भनी,
ती बाबु आमाले मेरो छोरो खोइ भनि तिम्लाई गुहार्छन्।
अझै पनि एकपल्ट आँखा छन् भनी खोलेर हेर,
मेरो आँसु पुछ जली रहेको छु उठाएर त हेर।
एक पल्ट मेरो देशमा यो जिउँदो लास पुराइदेऊ,
मर्नु छ भनी मेरो देशमा मर्छु,
बरु उत्तै खरानी बनाएर जलाई देऊ।
म विदेशमा थला परेको छु,
ताँतो घाममा जली रहेको छु।
एकपल्ट हेर सरकार म तिम्रो पर्खाइमा बसिरहेको छु!!!!

-नारायण कोइराल
ता न पा – ७ पाल्पा
हालः विदेश ।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...