Sunday 22nd March 2026

सुसेली -हरि शर्मा (गलकोटे कवि)


सुसेली – यो परापूर्व कालदेखि चली आएको छोटो टुक्का रुप हो । यसलाई लय मिलाईकन मजासँग गाउन मिल्छ । यसको बनोट हाइकु जस्तै भए पनि हाईकु भने पटक्कै हैन । हाईकुको आफ्नै बिशेषता र महत्व छ । यदि इक्षा भो भने मैले श्रोत उपलब्ध गराउने छु आगामी अङ्कमा ।
नम: शिवाय:
ॐ नमो भगवते
बासुदेवाय: ।

आज बिहान
सबै प्रिय साथीमा
गरें नमन ।

लेख्छु सुसेली
अरु छैन कोसेली
मेरो हवेली।

हरि शर्मा म
गलकोटे कवि म
मिशिगनमा ।

भूलचुकमा
क्षमा पक्कै मिल्नेछ
कसो सज्जन ?

लेखौँ सज्जन
हैन म त दुर्जन
गर्ने गर्जना ।

-हरि शर्मा (गलकोटे कवि)
मिशिगन अमेरिका ।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...