Monday 16th February 2026

नेपालको कोरोना अपडेटः कुल संक्रमित ३३५३३, थप ७ जनाको मृत्यु, १९११९ जना निको भए


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारेको कोभिड-19 बाट नेपालमा पछिल्लो २४ घण्टामा थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि भइ कुल संक्रमित संख्या ३३५३३ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा १४२५० जना उपचाररत रहेका छन् । त्यसै गरि अहिलेसम्म कोरोनाको कारण मर्नेको संख्या १६४ पुगेको छ । आइसोलेसनमा रहनेहरू मध्येमा ५६६९ जना होम आइसोलेशनमा छन् भने बाँकी ८५८१ जना संस्थागत आइसोलेशनमा छन् । देशको राजधानी काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टामा २३२ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ३१३ जना कोरोना जितेर घर फर्केका छन् भने ७ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार मंगलबार अपरान्ह सम्म कुल १९११९ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै गरि मृमृत्यु हुनेमा काठमाण्डूका एक महिला सहित तीन जना एवम् सिरहा, पर्सा, धनुषा र रुपन्देहीका एक-एक जना रहेका छन् भने अहिलेसम्म कोरोनाको कारण मृत्यु हुनेको संख्या १६४ पुगेको छ ।

हालसम्म देशभर पीसीआर विधिबाट ६ लाख २१ हजार ९ सय १ जनाको परीक्षण भएको  छ भने हाल क्वारेन्टाइनमा १० हजार ४ सय ५३ जना रहेका छन् भने भेन्टिलेटरमा १५ जना उपचाररत रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म २ करोड ३८ लाख ३७ हजार भन्दा बढि संक्रमित भइ १ करोड ६३ लाख ८० हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ८ लाख १७ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

निरेम प्रोडक्सनले मानवतावादी पहलअन्तर्गत सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लास्थित ब्यास गाउँपालिका–५मा रहेको दुर्गा स्थान माध्यमिक विद्यालयलाई विद्यार्थीहरूको बौद्धिक क्षमता अभिवृद्धिका लागि…

नेपालको राजनीतिक संस्कृतिमा घोषणापत्रको विश्वसनीयता दशकौँदेखि कमजोर छ। चुनावअघि वाचा, चुनावपछि बिर्सिने परम्पराले नागरिक–राजनीति सम्बन्धमा गहिरो अविश्वास सिर्जना गरेको छ।…

नयाँ विद्रोह, पुरानो संरचना: किन अघि बढेन महावीर पुनको नवप्रवर्तन सपना ? नेपालको राजनीतिमा “नयाँ पुस्ता” वा परिवर्तनको नारासहित बनेका…

प्रतिकृयाहरू
...